विषाक्त रक्सी खाँदा मलेसियामा मृत्यु हुने नेपाली ७ पुगे, १२ जना उपचार हुँदै (नामसहित)

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन ६, २०७५
|
|
४२ पटक हेरिएको
Shares
विषाक्त रक्सी खाँदा मलेसियामा मृत्यु हुने नेपाली ७ पुगे, १२ जना उपचार हुँदै (नामसहित)

सारांश

  • काठमाडौं ।
  • नेपालबाट रोजगारीका लागि मलेसिया गएका नेपालीले विषाक्त रक्सी खाँदा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ ।
  • मलेसियामा विषाक्त रक्सी खाएका कारण शुरुमा ५ जनाको मृत्यु भएको थियो ।

काठमाडौं । नेपालबाट रोजगारीका लागि मलेसिया गएका नेपालीले विषाक्त रक्सी खाँदा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । मलेसियामा विषाक्त रक्सी खाएका कारण शुरुमा ५ जनाको मृत्यु भएको थियो । अझै १२ जना उपचारको क्रममा रहेका छन् । उपचार गराइरहेकामध्ये ४ जनाको अवस्था गम्भीर भनिएको छ ।

मलेसियामा रहेको नेपाली दूतावासका अनुसार रक्सी खाएर सिकिस्त बिरामी परेका नवलपरासी देउराली ८ का दुर्गा सिंह रानाको उपचारका क्रममा ज्यान गएको हो ।

विषाक्त रक्सीकै कारण यसअघि नै धादिङ बसेरीका मिमबहादुर घले, रुपन्देही मसिनाका रामकुमार यादव, डढेलधुरा अमरगढीका विशाल बुढाथोकी, सुनसरी पश्चिम कुसाहाका सञ्जय उराव, इलाम सिद्धिथुम्काका बलबहादुर कुलुङ र सर्लाहीका आइत सिंह गोलेको ज्यान गएको दुताबासले जनाएको छ ।

विषाक्त रक्सी सेवन गर्नेहरुमा टाउको दुख्ने, सास फेर्न गाह्रो हुने, बान्ता हुने, पखाला लाग्ने, आँखा धमिलो हुने, पेट दुख्ने, रिंगटा लाग्ने, छिटो छिटो सास बढ्ने जस्ता लक्षण देखिएको मलेसियाको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको थियो ।

विषाक्त रक्सी खाएर बिरामी भएका १२ जना नेपालीको मलेसियामा रहेको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । पाँचजना बिरामी उपचारपछि अस्पतालबाट डिस्चार्ज भैसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बेनी बजार संरक्षणको काम तत्काल शुरु गर्न माग
बेनी बजार संरक्षणको काम तत्काल शुरु गर्न माग
लेन अनुशासन पालना नगर्ने चौध हजार चालक कारवाहीमा
लेन अनुशासन पालना नगर्ने चौध हजार चालक कारवाहीमा
गाजामा ‘युद्धविराम’ को समाचार इजराइलद्वारा अस्वीकार
गाजामा ‘युद्धविराम’ को समाचार इजराइलद्वारा अस्वीकार
कोरियन भाषा परीक्षाको नतिजा भोली आउने, नतिजा यसरी हेर्न सकिन्छ….
कोरियन भाषा परीक्षाको नतिजा भोली आउने, नतिजा यसरी हेर्न सकिन्छ….
९८ वर्षे सत्यमोहन जोशीले गाडी पाएपछि ठट्टा : ‘गाडी कहाँ राख्ने ?’
९८ वर्षे सत्यमोहन जोशीले गाडी पाएपछि ठट्टा : ‘गाडी कहाँ राख्ने ?’
सवारी चालक अनुमति पत्र व्यवस्थाको माग गर्दै बहिरा नागरिक सडकमा
सवारी चालक अनुमति पत्र व्यवस्थाको माग गर्दै बहिरा नागरिक सडकमा
निर्वाचन परिणामपछि प्रधानमन्त्रीले राजीनामा दिनुपथ्र्यो : प्रदिप पौडेल (अन्तर्वार्ता)
निर्वाचन परिणामपछि प्रधानमन्त्रीले राजीनामा दिनुपथ्र्यो : प्रदिप पौडेल (अन्तर्वार्ता)
नेप्से परिसूचकमा उच्च अङ्कले गिरावट
नेप्से परिसूचकमा उच्च अङ्कले गिरावट
प्रधानमन्त्री प्रचण्डको पहिलो विदेश भ्रमण भारतबाट हुने
प्रधानमन्त्री प्रचण्डको पहिलो विदेश भ्रमण भारतबाट हुने
सुन तस्करी प्रकरणले मुलुकको वित्तीय छवि धमिलियो : एमाले
सुन तस्करी प्रकरणले मुलुकको वित्तीय छवि धमिलियो : एमाले