निर्वाचन आयोगले गगन थापालाई दोश्रो पटक स्पष्टिकरण सोध्यो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ११, २०७९
|
|
१६ पटक हेरिएको
Shares
निर्वाचन आयोगले गगन थापालाई दोश्रो पटक स्पष्टिकरण सोध्यो

सारांश

  • काठमाडौं ।
  • नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौ जिल्ला क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगन कुमार थापालाई निर्वाचन आयोगले दोस्रो पटक स्पष्टीकरण सोधेको छ ।
  • आयोगले पहिलो पटक सोधेको स्पष्टीकरणका बारेमा थापाले सार्वजनिक कार्यक्रममार्फत दिएको जवाफलाई लिएर पुनः स्पष्टीकरण माग गरिएको आयोगका एक अधिकारीले बताए ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौ जिल्ला क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगन कुमार थापालाई निर्वाचन आयोगले दोस्रो पटक स्पष्टीकरण सोधेको छ ।

आयोगले पहिलो पटक सोधेको स्पष्टीकरणका बारेमा थापाले सार्वजनिक कार्यक्रममार्फत दिएको जवाफलाई लिएर पुनः स्पष्टीकरण माग गरिएको आयोगका एक अधिकारीले बताए ।

गत हप्ता ‘निःशुल्क डेंगी परीक्षण तथा परामर्श सेवा लिएर तपाईंहरूको टोलमा आउँदैछौँ’ भनी सामाजिक सञ्जालमा सूचना राखेको विषयमा थापालाई आयोगले स्पष्टीकरण सोधेको थियो । तर थापाले सो विषयलाई लिएर एक सार्वजनिक कार्यक्रममार्फत ‘यस्तो गल्ती बारम्बार गर्छुु’ भनी अभिव्यक्ति दिएको भन्दै आयोगले पुनस् स्पष्टीकरण सोधेको हो ।

आयोग स्रोतले भन्यो, ‘उहाँलाई स्पष्टीकरण सोध्ने निर्णय भइसकेको छ, तत्काल पत्र तयार गरेर पठाउने तयारी छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?