अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु, १०० भन्दा बढी संक्रमित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २०, २०७६
|
|
३४ पटक हेरिएको
Shares
अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु, १०० भन्दा बढी संक्रमित

सारांश

  • वासिङ्टन डिसी, अमेरिका ।
  • अमेरिकाको वासिंटन डिसीमा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको ज्यान गएको छ।
  • अमेरिकाको किङ काउन्टीमा ५ जना तथा स्नोहोमिस काउन्टीमा एकजनाको ज्यान गएको सीएनएनले पुष्टी गरेको छ।

वासिङ्टन डिसी, अमेरिका । अमेरिकाको वासिंटन डिसीमा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको ज्यान गएको छ।

अमेरिकाको किङ काउन्टीमा ५ जना तथा स्नोहोमिस काउन्टीमा एकजनाको ज्यान गएको सीएनएनले पुष्टी गरेको छ।

मंगलबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसबाट एक सयभन्दा बढी मानिस संक्रमित भएका छन् ।

सीएनएनका अनुसार, अमेरिकामा उपचार भइरहेका ७ जनाको अवस्था गम्भिर रहेको र ९ जना भने सफल उपचार पछि घर फर्किएका छन् ।

न्युयोर्कमा पनि कोरोना भाइरस संक्रमणको पुष्टी भएको छ। इरान भ्रमणबाट फर्किएकी ति महिलामा उक्त संक्रमण भएको हो । हाल उनलाई घरमै आइसोलेसनमा राखिएको छ।

अहिलेसम्म विश्वभर ९० हजार ३ सय २ मा कोरोना संक्रमण पुष्टी भएको छ भने मृतकको संख्या ३०८७ पुगेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?