मुलुकको विकासका लागि राष्ट्रिय सहमति आवश्यक छ : उपप्रधानमन्त्री श्रेष्ठ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २१, २०८०
|
|
४२ पटक हेरिएको
Shares
मुलुकको विकासका लागि राष्ट्रिय सहमति आवश्यक छ : उपप्रधानमन्त्री श्रेष्ठ

सारांश

  • चितवन ।
  • उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको विकासका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् ।
  • माडी नगरपालिकाले आज आयोजना गरेको जनप्रतिनिधि एवं कर्मचारीसँगको छलफलका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले विकास निर्माणका विषयमा सबै दल एक भएर अघि बढ्नुपर्नेको विकल्प नरहेकोमा जोड दिएका छन् ।

चितवन । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको विकासका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । माडी नगरपालिकाले आज आयोजना गरेको जनप्रतिनिधि एवं कर्मचारीसँगको छलफलका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले विकास निर्माणका विषयमा सबै दल एक भएर अघि बढ्नुपर्नेको विकल्प नरहेकोमा जोड दिएका छन् ।

“एक अर्कालाई तानातान गर्ने राजनीतिक संस्कारले विकास हुनसकेन । हाम्रो देशपछि पर्नुको मुख्य कारण पनि यही हो”, उनले भने । राजनीतिक संस्कार परिवर्तन गरेर विकास निर्माणमा सहमतिका साथ अघि बढ्न जरुरी रहेको उनको भनाइ छ ।

उनले थपे, “यसो गर्न सके मुलुक स्वाधिन, सुन्दर, लोकतन्त्र र सम्बृद्ध बनाउन सकिन्छ ।” स्थानीय तहदेखि केन्द्रीय तहसम्म विकासका लागि सबै दल एक ठाउँ हुन जरुरी रहेको उनको भनाइ छ ।

माडीवासीको समस्याप्रति आफू जानकार रहेको बताउँदै उनले निकुञ्जको बाटो कालोपत्र गर्ने विषयमा प्रधानमन्त्री र आफूले पटक–पटक छलफल गरी पहिलो प्रथामिकतामा राखेको बताए । सो अवसरमा सुकुम्बासी समस्या समाधानका लागि कानुन संशोधन गरेर भए पनि अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

फरक प्रसङ्गमा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले जनप्रतिनिधि र कर्मचारीलाई भ्रष्टाचार न्यूनीकरण र सुशासन कायम गर्ने गरी काम गर्न निर्देशन दिएका छन् । उनले भने, “भ्रष्टाचार र सुशासनलाई कायम गर्ने हकमा ध्यान केन्द्रित गरेर काम गर्नुस् ।” सुशाशन, समृद्धि र सामाजिक न्याय अहिलेको सरकारको मुख्य कार्यभार रहेको बताउँदै उहाँले यसअनुसार अघि बढ्न सबैलाई आग्रह गरेका छन् ।

नगरपालिका प्रमुख ताराकुमारी काजी महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशसभा सदस्य ठकुर ढकाल, देवेन्द्र श्रेष्ठ माडीमा क्रियाशील राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिले आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीको बाढीमा परेका जनताको उद्दारमा तत्काल खटिन एमालेले दियो कार्यकर्तालाई निर्देशन
सप्तरीको बाढीमा परेका जनताको उद्दारमा तत्काल खटिन एमालेले दियो कार्यकर्तालाई निर्देशन
बिहारमा आलु रहे पनि लालु चले हजारीबाग जेल
बिहारमा आलु रहे पनि लालु चले हजारीबाग जेल
विपद्को सामना गर्न सबै पक्ष मिलेर अगाडि बढ्नुपर्छः प्रधानमन्त्री ओली
विपद्को सामना गर्न सबै पक्ष मिलेर अगाडि बढ्नुपर्छः प्रधानमन्त्री ओली
चोरले सटर फोर्न नसकेपछि चिठी लेखे ‘दाजु मजबुरीले हो माफ गरिदिनु’
चोरले सटर फोर्न नसकेपछि चिठी लेखे ‘दाजु मजबुरीले हो माफ गरिदिनु’
भाटभटेनीको आगलागी चार घण्टापछि नियन्त्रणमा
भाटभटेनीको आगलागी चार घण्टापछि नियन्त्रणमा
Getting on Shark Tank
मतदान केन्द्रमा खसेको मत भन्दा धेरै मत भेटिएपछि मतगणना स्थगित !
मतदान केन्द्रमा खसेको मत भन्दा धेरै मत भेटिएपछि मतगणना स्थगित !
प्रम ओली आराममा, प्रचण्ड देश दौडाहामा
प्रम ओली आराममा, प्रचण्ड देश दौडाहामा
राष्ट्रियसभा बैठक : ओलीको आलोचना, राष्ट्रपतिलाई गाली गरेकोमा चिन्ता
राष्ट्रियसभा बैठक : ओलीको आलोचना, राष्ट्रपतिलाई गाली गरेकोमा चिन्ता
राप्रपा निकट विधार्थी संगठनद्वारा पेट्रोलियम पदार्थको मुल्य वृद्वि तत्काल फिर्ता गर्न माग
राप्रपा निकट विधार्थी संगठनद्वारा पेट्रोलियम पदार्थको मुल्य वृद्वि तत्काल फिर्ता गर्न माग