सांसद महेश बस्नेत लगायत व्यवसायीमाथि लगाइएको भ्रामक समाचारप्रति उद्योग वाणिज्य संघको आपत्ती

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १३, २०७५
|
|
४२ पटक हेरिएको
Shares
सांसद महेश बस्नेत लगायत व्यवसायीमाथि लगाइएको भ्रामक समाचारप्रति उद्योग वाणिज्य संघको आपत्ती

सारांश

  • भक्तपुर उद्योग वाणिज्य संघले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा भक्तपुर क्षेत्र नं.
  • २ का प्रतिनिधिसभा सदस्य महेश बस्नेत, भक्तपुर प्रहरी प्रमुख हिमालय कुमार श्रेष्ठ तथा भक्तपुरका प्रतिष्ठित व्यवसायी कृष्णप्रसाद ताम्राकारलाई केही सञ्चार माध्यममा कपोकल्पीत, भ्रामक समाचार प्रकाशित गरेको भन्दै कडा आपत्ति जनाएको छ ।
  • संघले बुधबार एक विज्ञप्ती जारी गर्दै संघका पूर्वअध्यक्ष तथा व्यवसायी ताम्राकार र शरु महत तथा उनको श्रीमान मनसुन भनिने मणिविक्रम शाह समेतको बीचमा भएको कारोवार लेनदेनको रुपमा जिल्ला अदालतमा मुद्धा अदालतमा विचाराधीन रहेको अवस्थामा अदातलको अनुसन्धानलाई नै प्रभावित पार्ने मनासायको साथ नीज मनसुनले केही मिडियामा नकरात्मक हल्ला फैलाई कानुनी राज्यको खिल्ली उडाएको विज्ञप्तीमा उल्लेख गरेको छ ।

भक्तपुर उद्योग वाणिज्य संघले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य महेश बस्नेत, भक्तपुर प्रहरी प्रमुख हिमालय कुमार श्रेष्ठ तथा भक्तपुरका प्रतिष्ठित व्यवसायी कृष्णप्रसाद ताम्राकारलाई केही सञ्चार माध्यममा कपोकल्पीत, भ्रामक समाचार प्रकाशित गरेको भन्दै कडा आपत्ति जनाएको छ ।

संघले बुधबार एक विज्ञप्ती जारी गर्दै संघका पूर्वअध्यक्ष तथा व्यवसायी ताम्राकार र शरु महत तथा उनको श्रीमान मनसुन भनिने मणिविक्रम शाह समेतको बीचमा भएको कारोवार लेनदेनको रुपमा जिल्ला अदालतमा मुद्धा अदालतमा विचाराधीन रहेको अवस्थामा अदातलको अनुसन्धानलाई नै प्रभावित पार्ने मनासायको साथ नीज मनसुनले केही मिडियामा नकरात्मक हल्ला फैलाई कानुनी राज्यको खिल्ली उडाएको विज्ञप्तीमा उल्लेख गरेको छ ।

मुद्धाको किनारा नलाग्दै तथ्यलाई तोडमोड गरी केही सञ्चार माध्यमबाट भक्तपुरका प्रतिष्ठित व्यवसायी कृष्णप्रसाद ताम्राकार सहित भक्तपुर जिल्लाका सांसद तथा पूर्वउद्योगमन्त्री बस्नेत लगायत प्रहरी प्रशासन भक्तपुरको समेत बदनाम गराउने बदनियतले अदालतको अन्तरिम आदेश विपरित समाचार सम्प्रेषण भएको देखिएकाले संघले विज्ञप्तिमा उल्लेख गरेको छ ।

त्यस्तै कानुन विपरित गलत मनाशाय राखी समाचार सम्प्रेषण गर्नु कानुनको दृष्टिकोणले दण्डनीय भएको भन्दै संलग्नता नै नरहेका प्रतिष्ठित व्यक्तिहरुको समेत व्यक्तिगत चरित्र हत्या गर्ने दुराशयपूर्ण मनशाय राखेको भन्दै भक्तपुर उद्योग बाणिज्य संघले खेद प्रकट गर्दै समाचारको खण्डन पनि गरेको छ । सत्य तथ्य बुझेर मात्र समाचार सम्प्रेषण गरिदिनका लागि पनि संघले आग्रह गरेको छ ।

उद्योग वाणिज्य संघ, भक्तपुरको प्रेश विज्ञप्ति

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?