आज बडादशैको सातौ दिन, फूलपाती घरघरमा भित्र्याइदै

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन १८, २०७६
|
|
३५ पटक हेरिएको
Shares
आज बडादशैको सातौ दिन, फूलपाती घरघरमा भित्र्याइदै

सारांश

  • आज दशैंको सातौ दिन देशभरी पूजाआजा गरेर धार्मिक विधिपूर्वक फूलपाती भित्र्याइन लागेको छ ।
  • देशभरी घटस्थापनादेखि पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्र्याउने गरिन्छ ।
  • आश्विन शुक्ल सप्तमी अर्थात फूलपातीका दिन फूलपाती नौ देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधि अनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

आज दशैंको सातौ दिन देशभरी पूजाआजा गरेर धार्मिक विधिपूर्वक फूलपाती भित्र्याइन लागेको छ । देशभरी घटस्थापनादेखि पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्र्याउने गरिन्छ ।

आश्विन शुक्ल सप्तमी अर्थात फूलपातीका दिन फूलपाती नौ देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधि अनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने प्रा.डा. गौतमले बताए ।

यसैबीच फूलपातीका उपलक्ष्यमा हेटौँडा उपनगरपालिका वडा नं १० स्थित गोर्खेश्वर मन्दिरमा राखिएको जमरा सहितको फूलपाती स्थानीय नगरको वनसखण्डीमा आज बिहान भित्र्याइएको छ ।

फूलपाती भित्र्याउन नेपाली सेना र सशस्त्र प्रहरी बलका न्याउले बाजा र झाँकी तथा शोभायात्रा सहित राजनीतिक दलका नेता–कार्यकर्ता, भक्तजन, मकवानपुरका निमित्त प्रजिअ हरिराज पन्त, सेना र प्रहरीका उच्च अधिकृतहरु वनसखण्डीबाट राप्ती तटमा रहेको गोर्खेश्वर मन्दिरमा पुगेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?