जमघट नगरौं : भोज, उत्सव, पर्व, मेलामा सचेत

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ३०, २०७६
|
|
२३ पटक हेरिएको
Shares
जमघट नगरौं : भोज, उत्सव, पर्व, मेलामा सचेत

सारांश

  • काठमाडौं, ३० फागुन ।
  • सरकारले ठूला जमघट हुने सामाजिक कार्य भोज, उत्सव एवं पर्वमा सहभागी नहुन आह्वान गरेको छ।
  • संघीय ममिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहमार्फत यस्तो निर्देशन दिएको हो।

काठमाडौं, ३० फागुन । सरकारले ठूला जमघट हुने सामाजिक कार्य भोज, उत्सव एवं पर्वमा सहभागी नहुन आह्वान गरेको छ। संघीय ममिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहमार्फत यस्तो निर्देशन दिएको हो।

निर्देशनमा सिनेमा हल, बसपार्क, पार्टी प्यालेस तथा सामूहिक बसोबास हुने अपार्टमेन्टमा स्वास्थ्यकर्मीको टोली खटाई परीक्षण गर्ने व्यवस्था मिलाउन आह्वान गरिएको छ। मन्त्रालयका सहसचिव वसन्त अधिकारीले सबै स्थानीय तहका नाममा जारी पत्रमा सीमावर्ती क्षेत्रमा अत्यावश्यक कामबाहेक आवतजावत नगर्न सूचित गरिएको जानकारी दिए। ‘सरकारी कार्यक्रम त रोकिए तर सार्वसाधारण भीडभाड जाने क्रम रोकिएको छैन,’ उनले अन्नपूर्णसँग भने, ‘मिनिबसमा कोचिने, भोजभतेरमा जाने जस्ता काम जारी नै छन्, यो पनि जोखिमपूर्ण छ। त्यस कारण यस्ता कार्यलाई नियन्त्रण गर्न स्थानीय तहमार्फत आग्रह गरेका हौं।’

भाइरस संक्रमण नियन्त्रणमा नआएसम्म नेपाल प्रवेश गर्ने मुख्य सीमा नाकामा उच्च सतर्कता अपनाई सबै यात्रुको स्वास्थ्य जाँचरस्क्रिनिङ प्रभावकारी पार्नसमेत भनिएको छ। चीनसँग जोडिएका मुख्य नाका रसुवागढी र तातोपानीमा उच्च सतर्कता अपनाई अन्तरराष्ट्रिय मापदण्डअनुरुप स्वास्थ्य कक्ष स्थापना गरी यात्रुको स्वास्थ्य निगरानी तथा परीक्षण गर्न पनि सरकारले निर्देशन दिएको छ। भारतसँग जोडिएका मुख्य नाकाहरू पशुपतिनगर, काँकरभिट्टा, जोगबनी, जयनगर, रक्सौल, सुनौली, जमुनाहार गड्डाचौकीलगायतमा अन्तरराष्ट्रिय मापदण्डअनुरुप स्वास्थ्य कक्ष स्थापना गर्न सम्बन्धित स्थानीय तहलाई निर्देशन दिइएको छ।

स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने यात्रुको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन तथा स्थानीय तहका अस्पताल र स्वास्थ्य केन्द्रमा आवश्यक मात्रामा छुट्टै बेडको व्यवस्था मिलाउन सरकारले आग्रह गरेको छ। बिरामीको प्रारम्भिक जाँच, परीक्षण गर्ने र सघन जाँच परीक्षण गर्नुपर्ने देखिएमा प्रादेशिक तथा केन्द्रीय अस्पतालमा रिफर गरी पठाउने व्यवस्था मिलाउनसमेत निर्देशन दिइएको छ। (अन्नपूर्ण पोष्ट्बाट)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?