डा केसीलाइ मन्त्री बास्काेटाकाे जवाफ: सरकारी अड्डाहरु कसैको अनसन बस्ने ठाउँ होइनन्
सारांश
- १७ असार, काठमाडौं ।
- सुचना तथा संचार मन्त्री गाेकुल बास्कोटाले ‘चिकित्सा सम्बन्धी विधेयकमा सरकार ‘ब्याक’ नहुने बताएका छन ।
- डा गोविन्द केसीले जुम्लाको खलंगास्थित कभर्ड हलमा शनिबारदेखि अनशन थालेकाे प्रसंगमा मन्त्री बासकाेटाले उक्तकुरा मिडियालाइ बताएका हुन ।
१७ असार, काठमाडौं । सुचना तथा संचार मन्त्री गाेकुल बास्कोटाले ‘चिकित्सा सम्बन्धी विधेयकमा सरकार ‘ब्याक’ नहुने बताएका छन ।
डा गोविन्द केसीले जुम्लाको खलंगास्थित कभर्ड हलमा शनिबारदेखि अनशन थालेकाे प्रसंगमा मन्त्री बासकाेटाले उक्तकुरा मिडियालाइ बताएका हुन ।
मन्त्री बास्काेटाले भने काठमाडौंमा मेडिकल कलेज खोल्नै नदिने भन्ने कुरा जायज होइन । कसैले केही भनेका आधारमा त्यो पूरा गरेको गर्यै गर्न सकिँदैन ।’
उनले भने ‘आयोग, नियोग जेजे बनाउने हो, त्यो सरकारले बनाउँछ । त्यससँग लिइएका सल्लाह सुझाव सबै अक्षरशः कार्यान्वयन हुनुपर्छ भन्ने छैन । त्यो माथेमा आयोग धेरै पुरानो आयोग हो । र, अर्को कुरा के पनि छ भने सरकारले हरेक व्यक्तिसँग गरेका सम्झौता कार्यान्वयन गर्न सक्दैन । समाजमा अर्को पनि पक्ष हुन्छ ।
चिकित्सा शिक्षालाई व्यवस्थित गर्न आवश्यक छ । यसमा माथेमा आयोगका सबै सुझावहरुलाई अस्वीकार गरिएको पनि छैन । तर, क-कसलाई कहाँ-कहाँ मन लागेर व्यक्तिगतरुपमा उठाएका मुद्दाहरु जम्मैचाहिँ सम्वोधन गर्या पनि छैन र गर्न आवश्यक पनि छैन ।
अर्को, त्यो आयोग कुनै स्थायी आयोग, लोकसेवा आयोगजस्तो हो र? मेडिकल काउन्सिलको के काम ?जसलाई जहाँ जहाँ मन लाग्यो, त्यो त्यो आयोग, त्यो पनि स्थायी आयोग हुनुपर्ने अनि उसले कोको मान्छे भनेको छ, त्यही त्यही मान्छे राख्नुपर्ने ? यसो हो भने संसद पनि चाहिँदैन, सरकार पनि चाहिँदैन, उनीहरुले नै आयोग बनाउन्, उनीहरुले नै कार्यान्वयन गरुन् । के यस्तो अराजकता हुन्छ ?
व्यक्ति व्यक्तिले दिएका सुझावहरु सरकारले लिन्छ र उपयुक्त लागेका सुझावहरु ग्रहण गर्छ । उपयुक्त नलागेका कुराहरु छाडिदिन्छ । जसले जहाँ बसेर अनसन गर्यो, जहाँ बसेर मुद्दा उठायो, त्यो सबै सम्बोधन गर्न सरकारले सक्छ र ? अन्त पनि त मान्छेहरुलाई पनि त ठाउँ दिनुपर्यो नि ।
यतिवटा भन्दा बढी मेडिकल कलेज खोल्न नदिने भन्ने पनि हुन्छ र ? दिनुपर्छ । तर, कसरी दिने, त्यसको मापदण्ड कस्तो हुने ? यी कुराहरु हेरिनुपर्छ । गुणस्तर वृद्धि र व्यवस्थापन भोलिको हाम्रो आवश्यकतापूर्तिको हिसाबले पूरा गरिन्छ । मेडिकल कलेज खोल्नै दिन्न भन्ने होइन कि नक्कलीहरु र मापदण्ड नपुगेकाहरुलाई मनिटरिङ गर्ने कुरासम्म ठीक छ ।
जुम्लातिर पनि सरकारी अड्डाहरु कसैको अनसन बस्ने ठाउँ होइनन् । विरोध प्रदर्शन गर्न पाइन्छ तर सरकारी अड्डामा डिस्टर्ब गर्न पाइँदैन मन्त्री बास्काेटाले भने ।
सरकारी जागिर खानु छ । विरामीको उपचार गर्नुछैन । वौद्धिकहरुको काम त सल्लाह सुझाव दिने हो, वौद्धिक बहस गरिदिने हो । तर, अनसन बस्ने, कालो झण्डा गाड्ने अनि मान्छे उराल्ने, विदेशी दलालहरुको पक्षमा लागेर नेपालमा मेडिकल शिक्षा स्थापितै हुन नदिने यो पनि त कुरा छ नि ।
उनले भने यो त अति पूर्वाग्रह भयो । बेथिति भएको छ भने छानविन गरौं न । कता के भएकाे छ छानबिन गराै तर, यो चिकित्सासम्बन्धी विधेयकमा सरकार ‘ब्याक’ हुँदैन ।
Satya Satya
संसद र सरकार र मंत्रीहरू पनि चाहिदैन
Shyam Fayal
Samsung ko Iphone bokne bajraswath lai k thaha ko sanga kasari bolnu parxa bhanne. kagatma lekheko kura ta prasta sanga bolna najanne KP ko hanuman lai Dr. KC ko birudhdhama bolne xut chhaina. chetana bhaya.
Induprasad Dhungel
मेडिकल सिक्ष्या को नाम मा ब्रम्ह लूट मच्चाउने दुइ तिहाइ सरखार ज्यु को सामुन्ने पागल गोविंदे को केहि लाग्नेवाला छैन ! पागल गोविंदे त्यही जुम्ला को तिला सिंजा तिर लम्पसार पर्छन कि !!!
Ganesh Deuba
Sala chor
Gyan Prasad Neupane
त जस्ता को लुट्नि ठाउ हो
Prayash Subba
ani k tas khalne ludo ches ghuss line aada hota
Kuber Pariyar
यो त आति नि भयो डाक्टर साहाप जे गर्दानी अन्सन अब पि म पद मलाइ दिनु पर्यो भनेर नि अनसन बस्नुस डाक्टर साब