भ्याक्सिन उत्पादक सेरममा आगलागीले पाँचजनाको मृत्यु र अरबौंको क्षति

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ९, २०७७
|
|
२२ पटक हेरिएको
Shares
भ्याक्सिन उत्पादक सेरममा आगलागीले पाँचजनाको मृत्यु र अरबौंको क्षति

सारांश

  • विश्वकै सबैभन्दा ठुलो परिमाणको भ्याक्सिन उत्पादक सेरम इन्स्टिच्युट इन्डियामा बिहिबार लागेको आगलागीबाट अरबौंको क्षति भएको खुलेको छ ।
  • कम्पनिका प्रमुख कार्यकारी निर्देशक अडर पुनावालाले ठुलो क्षतिबारे जानकारी गराएका हुन् ।
  • इन्डियन एक्सप्रेसका अनुसार पुनावालाले आफू कुरा गर्ने मुडमा नभएको भन्दै बीसीजी, रोटाभाइरस भ्याक्सिनलगायत धेरै उत्पादनहरु नष्ट भएको जानकारी दिएका छन् ।

विश्वकै सबैभन्दा ठुलो परिमाणको भ्याक्सिन उत्पादक सेरम इन्स्टिच्युट इन्डियामा बिहिबार लागेको आगलागीबाट अरबौंको क्षति भएको खुलेको छ । कम्पनिका प्रमुख कार्यकारी निर्देशक अडर पुनावालाले ठुलो क्षतिबारे जानकारी गराएका हुन् ।

इन्डियन एक्सप्रेसका अनुसार पुनावालाले आफू कुरा गर्ने मुडमा नभएको भन्दै बीसीजी, रोटाभाइरस भ्याक्सिनलगायत धेरै उत्पादनहरु नष्ट भएको जानकारी दिएका छन् । उक्त घटनामा पाँच जना कामदारको मृत्यु भएको छ ।

पुनावालेले मृतकहरुलाई प्रति परिवार २५ लाख भारु दिने जनाएका छन् । नयाँ भवनमा आगलागी हुँदा ठुलो क्षति भएको हो ।

बीसीजी र रोटाभाइरसको थप भ्याक्सिन उत्पादन गर्न भवन बनाइएको थियो । कोभिशिल्ड उत्पादन गर्ने मुख्य प्लान्टबाट आगलागी भएको मन्जीरी प्लान्ट तीन किलोमिटर दुरीमा पर्छ । कोरोनाविरुद्धको भ्याक्सिन उत्पादन गर्ने प्लान्ट र उत्पादनमा कुनै क्षति नभएको जनाइएको छ ।

सेरम परिमाणका हिसाबले विश्वमा सबैभन्दा ठुलो भ्याक्सिन उत्पादक कम्पनि हो । यसको प्लान्ट युरोप र अमेरिकामा समेत छ । सेरमले वार्षिक डेढ अर्ब डोज भ्याक्सिन उत्पादन गर्छ ।-तस्बिर स्रोतः एएनआइ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?