कोरोना संक्रमण रोक्नेबारे जी ७ का नेताहरुले छलफल गर्ने : आबे

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ३, २०७६
|
|
३१ पटक हेरिएको
Shares
कोरोना संक्रमण रोक्नेबारे जी ७ का नेताहरुले छलफल गर्ने : आबे

सारांश

  • एजेन्सी, ३ चैत : कोरोना भाइरसको विस्तारबारे जी ७ का नेताहरुले छलफल गर्ने भएको छ ।
  • जी ७ का नेताहरुले मार्च १६ मा भाइरसको संक्रमणलाई रोक्नेबारे छलफल गर्ने जापानी प्रधानमन्त्री सिन्जो आबेले सोमबार देशका संसदमार्फत जानकारी दिएका हुन् ।
  • छलफल कन्फरेन्समार्फत हुने जानकारी समेत सार्वजनिक भएको छ ।

एजेन्सी, ३ चैत : कोरोना भाइरसको विस्तारबारे जी ७ का नेताहरुले छलफल गर्ने भएको छ । जी ७ का नेताहरुले मार्च १६ मा भाइरसको संक्रमणलाई रोक्नेबारे छलफल गर्ने जापानी प्रधानमन्त्री सिन्जो आबेले सोमबार देशका संसदमार्फत जानकारी दिएका हुन् ।

छलफल कन्फरेन्समार्फत हुने जानकारी समेत सार्वजनिक भएको छ । जापानी प्रधानमन्त्री आबेले भने, ‘अमेरिका,फ्रन्स र बेतायतका नेताहरुसंग छलफल गर्नेबारे ध्यानाकर्षण गराएको छु । उक्त कन्फेरेन्स सोमबार ११ बजे जापानी समय अनुसार हुनेछ । म आशा गर्छु कि सम्पूर्ण विश्व एक भएर कोरोना संक्रमणसंग लड्ने प्रतिबधता जनाउँछ ।’

चीनको हुबेई प्रान्तको वुहान शहरबाट फैलिएको कोरोना भाइरसको संक्रमण रुस लगायत सय १०० देशहरुमा फैलि सकेको छ । विश्व स्वास्थ्य संगठनले मार्च ११ मा विश्व स्वास्थ्य संकटकाल घोषणा समेत गरिसकेको छ । चीनबाहेक दक्षिण कोरिया, इरान र इटलीमा भाइरसको प्रकोप अत्याधिक देखा परेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?