सुजुकी ड्राइभिङ सेन्टरमा पेट्रोल राखेको ठाउँमा आगलागी, चुरोट खाएर फाल्दा आगो लागेको आशंका

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २७, २०७४
|
|
२३ पटक हेरिएको
Shares
सुजुकी ड्राइभिङ सेन्टरमा पेट्रोल राखेको ठाउँमा आगलागी, चुरोट खाएर फाल्दा आगो लागेको आशंका

सारांश

  • काठमाडौं, कात्तिक २७ – ललितपुरको एकान्तकुनामा रहेको सुजुकी ड्राइभिङ सेन्टरमा लागेको आगो निभाइएको छ ।
  •   पेट्रोल भण्डारण गरेको ठाउँमा आगो लागेको हो ।
  • आगो के कारणले लागेको हो भन्ने थाहा हुन नसकेको सुजुकी ड्राइभिङ सेन्टरका सञ्चालक राजन क्षेत्रीले बताउनुभयो ।

काठमाडौं, कात्तिक २७ – ललितपुरको एकान्तकुनामा रहेको सुजुकी ड्राइभिङ सेन्टरमा लागेको आगो निभाइएको छ ।  पेट्रोल भण्डारण गरेको ठाउँमा आगो लागेको हो ।

आगो के कारणले लागेको हो भन्ने थाहा हुन नसकेको सुजुकी ड्राइभिङ सेन्टरका सञ्चालक राजन क्षेत्रीले बताउनुभयो । आगोले एक हजार लिटर पेट्रोल नष्ट्र भएको उहाँले बताउनुभयो ।पेट्रोल राखेको कोठा नजिकै शौचालय भएको र त्यहाँ चुरोटका ठुटा भेटिकाले चुरोटबाटै आगो सल्किएको हुन सक्ने प्रहरीको अनुमान छ । सोमबार बिहान नौ बजेतिर आगो लागे पनि यसको कारण भने खुलिसकेको छैन । आगो लाग्नासाथ निभाउन सकिएकालेसम्भावित क्षति भने रोक्न सफल भएको प्रहरीले जनाएको छ ।

(https://www.newportworldresorts.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?