नेपालले मलेसियालाई ५ विकेटले हरायो
सारांश
- श्रावण ३, २०७४- नेपाली युवा टिमले सिंगापुरमा भइरहेको आईसीसी एसिया यू–१९ विश्वकप छनोटमा मंगलबार मलेसियालाई ५ विकेटले पराजित गरेको छ ।
- सिंगापुर क्रिकेट क्लबमा टस जितेर फिल्डिङ रोजेको नेपालले मलेसियालाई २५.
- ५ ओभरमा ५८ रनमै अलआउट गरेको थियो ।
श्रावण ३, २०७४- नेपाली युवा टिमले सिंगापुरमा भइरहेको आईसीसी एसिया यू–१९ विश्वकप छनोटमा मंगलबार मलेसियालाई ५ विकेटले पराजित गरेको छ ।
सिंगापुर क्रिकेट क्लबमा टस जितेर फिल्डिङ रोजेको नेपालले मलेसियालाई २५.५ ओभरमा ५८ रनमै अलआउट गरेको थियो । जवाफमा नेपालले ५ विकेट गुमाएर २ सय ४१ बल बाँकी छँदै ६१ रन जोडेर छनोटमा लगातार दोस्रो जित हात पारेको हो । पहिलो खेलमा सोमबार नेपालले आयोजक सिंगापुरमाथि ४ विकेटको जित हासिल गरेको थियो ।
कप्तान सन्दीप लामिछानेले ५ विकेट लिएपछि नेपालले मलेसियालाई सस्तैमा समेटेको थियो । उनले ८.५ ओभर बलिङ गर्दै १ मेडन राखेर १७ रन दिएका थिए । पवन सर्राफले तीन विकेट लिए भने किशोर महतो र सन्दीप सुनारले एक–एक विकेट बाँडे ।
नेपालको इनिङ्समा आसिफ शेखले सर्बाधिक २३ रन जोडे । प्रनित थापामगर १८ रनमा नटआउट रहे । अब नेपालले अफगानिस्तानसँग बिहीबार खेल्नेछ ।
प्रतिक्रिया