कांग्रेसले चारवटा प्रदेशमा उम्मेदवार टुङ्ग्यायो (नामावलीसहित)
सारांश
- काठमाडौं, ९ माघ ।
- नेपाली कांग्रेसले ४ वटा प्रदेशबाट राष्ट्रिय सभाका उम्मेदवारहरुको टुंगो लगाएको छ ।
- कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारी बैठकले प्रदेश १, २ र ३ बाहेकका प्रदेशका उम्मेदवारको टुंगो लगाएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन् ।
काठमाडौं, ९ माघ । नेपाली कांग्रेसले ४ वटा प्रदेशबाट राष्ट्रिय सभाका उम्मेदवारहरुको टुंगो लगाएको छ । कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारी बैठकले प्रदेश १, २ र ३ बाहेकका प्रदेशका उम्मेदवारको टुंगो लगाएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन् । बाँकी रहेका तीन प्रदेशमा पनि आज साँझसम्म उम्मेदवार टुंगो लागिसक्ने बताइएको छ ।
प्रदेश नम्बर ४
१. सुरेन्द्रराज पाण्डे, अन्य समूह
२. बृन्दा राना मगर, महिला
३. जीतबहादुर नेपाली, दलित
४. प्रकाश पन्त, अपांग
प्रदेश नम्बर ५
१. दुर्गाप्रसाद उपाध्याय, अन्य समूह
२. अनिता देवकोटा, महिला
३. मैकुलाल बाल्मीकि, दलित
४. लुटबहादुर खत्री, अपाङग
प्रदेश नम्बर ६
१. विष्णुबहादुर शाही, खुला
२. सूर्यदेवी मल्ल, महिला
३. सीताराम विके, दलित
४.गोपालप्रसाद शर्मा, अपांग
प्रदेश नम्बर ७
१. बद्री पाण्डे
२. तारादेवी भट्ट, महिला
३. शेरीराम पार्की, दलित
४. छत्रराज जोशी, अपाङ्ग
प्रतिक्रिया