नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक बस्दै

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २९, २०७९
|
|
४८ पटक हेरिएको
Shares
नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक बस्दै

सारांश

  • काठमाडौँ ।
  • नेपाल र भारतको ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जोइन्ट स्टेयरिङ कमिटी)को बैठक यही फेब्रुअरी १७ र १८ (फागुन ५ र ६ गते) बस्ने तय भएको छ ।
  • ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालका अनुसार जोइन्ट स्टेयरिङ कमिटीको दशौँं बैठक भारतमा बस्ने तय भएको हो ।

काठमाडौँ । नेपाल र भारतको ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जोइन्ट स्टेयरिङ कमिटी)को बैठक यही फेब्रुअरी १७ र १८ (फागुन ५ र ६ गते) बस्ने तय भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालका अनुसार जोइन्ट स्टेयरिङ कमिटीको दशौँं बैठक भारतमा बस्ने तय भएको हो ।

फेब्रुअरी १७ मा दुई देशका सहसचिवस्तरीय संयुक्त कार्यदल (जोइन्ट वर्किङ ग्रुप) र फेब्रुअरी १८ मा जोइन्ट स्टेयरिङ कमिटीको बैठक बस्ने भेटुवालले जानकारी दिए । “अर्को हप्ता तय भएको बैठकमा मुख्यगरी दुई देशको ऊर्जा सहकार्य, अन्तरदेशीय विद्युत् व्यापार, अन्तरदेशीय प्रशारणलाइन पूर्वाधार निर्माणलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै दुई देशबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता (लङ टर्म पावर पर्चेज एग्रिमेन्ट) को विषय पनि यो बैठकको प्राथमिकतामा छ”, प्रवक्ता भेटुवालले भने ।

हाल ६ सय मेगावाटसम्म बिजुली निर्यात गर्ने अनुमति पाएको ढल्केबर–मुजफ्फरपुर चार सय केभी अन्तरदेशीय प्रशारणलाइनबाट थप विद्युत् पठाउने विषय पनि यो बैठकमा नेपालले राख्नेछ । त्यस्तै, चार सय केभी नयाँ बुटवल–गोरखपुर, दुहबी–पूर्णिया र लम्की–बरेली अन्तरदेशीय प्रसारणलाइनका बारे पनि छलफल हुनेछ । भारतमा विद्युत् निर्यात गर्न नेपाल विद्युत् प्राधिकरणले पेस गरेका आयोजनालाई स्वीकृति दिने विषयलाई नेपालले भारतसँग आग्रह गर्नेछ ।

दोस्रो अन्तरदेशीय नयाँ बुटवल–गोरखपुर चार सय केभी प्रसारणलाइन निर्माणको प्रगति र भारतीय कम्पनी सतलज जलविद्युत् निगमले नेपालमा बनाइरहेको विद्यु्त् आयोजनाको प्रगतीबारे पनि छलफल हुने उनको भनाइ छ । नयाँ बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण निर्माणको काम नेपाल विद्युत् प्राधिकरण र भारतीय कम्पनी पावर ग्रीड कर्पोरेसन अफ इण्डिया लिमिटेडको संयुक्त उपक्रममा बनेको कम्पनीबाट अघि बढाउने गरी दुई देशबीच सहमति भइसकेको उनको भनाइ छ ।

गत वर्ष फागुन १२ मा काठमाडौँमा सम्पन्न भएको जोइन्ट स्टेयरिङ कम्पनीको नवौंँ बैठकबाट नेपाल र भारतबीच संयुक्त रुपमा ठूला जलविद्युत् आयोजना निर्माण गर्ने सम्बन्धमा दुवै देशबाट तीन–तीनजना सदस्य सम्मिलित संयुक्त प्राविधिक टोली गठन गर्ने निर्णय भएको थियो । उक्त प्राविधिक टोलीको कार्यप्रगतीबारे पनि समीक्षा गरिने जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उस्तै परे मन्त्री नै हटाइदिने बढि शुल्क लिने मेडिकल कलेज सञ्चालकहरुको धम्की
उस्तै परे मन्त्री नै हटाइदिने बढि शुल्क लिने मेडिकल कलेज सञ्चालकहरुको धम्की
फोनिजको छैठौं महाधिवेशनबाट को को चुनिए ?
फोनिजको छैठौं महाधिवेशनबाट को को चुनिए ?
भक्तपुरमा पर्खालबाट आमाछोरा सँगै हामफाले, आमाको मृत्यु
भक्तपुरमा पर्खालबाट आमाछोरा सँगै हामफाले, आमाको मृत्यु
  दलहरुले लोकतन्त्रको कमजोरी सच्याउने सामथ्र्य निर्माण गर्नुपर्छ : महासचिव पोखरेल
  दलहरुले लोकतन्त्रको कमजोरी सच्याउने सामथ्र्य निर्माण गर्नुपर्छ : महासचिव पोखरेल
प्रधानमन्त्रीको चासोपछि समयमै पाउने भए विद्यार्थीले पुस्तक
प्रधानमन्त्रीको चासोपछि समयमै पाउने भए विद्यार्थीले पुस्तक
असार १२ गते शुक्रवारको राशिफल यस्तो छ
असार १२ गते शुक्रवारको राशिफल यस्तो छ
Shweta Tiwari’s daughter Palak won’t make her bollywood debut with Quickie, here’s why
Shweta Tiwari’s daughter Palak won’t make her bollywood debut with Quickie, here’s why
पाँच श्रीमतीले गरे बलात्कार, पतिको मृत्यु
पाँच श्रीमतीले गरे बलात्कार, पतिको मृत्यु
पोखरामा सुरक्षा व्यवस्था कडा : एकै रातमा ७८ जना पक्राउ
पोखरामा सुरक्षा व्यवस्था कडा : एकै रातमा ७८ जना पक्राउ
५० ‘चार्जिङ स्टेशन’ बनाउँदै प्राधिकरण, विद्युतीय सवारी साधनको प्रयोग बढ्ने सम्भावना
५० ‘चार्जिङ स्टेशन’ बनाउँदै प्राधिकरण, विद्युतीय सवारी साधनको प्रयोग बढ्ने सम्भावना