पूर्वगृहमन्त्री दानबहादुर शाहीको निधन

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २०, २०७५
|
|
४० पटक हेरिएको
Shares
पूर्वगृहमन्त्री दानबहादुर शाहीको निधन

सारांश

  • काठमाडाै, २० जेठ ।
  • पूर्वगृहमन्त्री दानबहादुर शाहीको निधन भएको छ।
  • उपचारका क्रममा राजधानीस्थित ग्रान्डी अस्पतालमा अाइतबार बिहान ७ बजे शाहीको निधन भएको हो।

काठमाडाै, २० जेठ । पूर्वगृहमन्त्री दानबहादुर शाहीको निधन भएको छ।

उपचारका क्रममा राजधानीस्थित ग्रान्डी अस्पतालमा अाइतबार बिहान ७ बजे शाहीको निधन भएको हो। ७६ वर्षको उमेरमा शाहीको निधन भएको हो।

शाही मुटु, मिर्गौला र फोक्सोसम्बन्धी समस्याबाट पीडित थिए। श्वासप्रश्वास, मुटु रोगसँगै दुवै मिर्गौला फेल भएर डायलाइसिस् गर्दै आएका शाही अढाइ महिनाअघि अस्पताल भर्ना भएका थिए। डोटीको मुम्राकोट घर भएका शाही तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालका गृहमन्त्री भएका थिए।

साथै शाहीले अञ्चलाधीश, प्रमुख जिल्ला अधिकारी भएर काम गरेका थिए। उनको आजै पशुपति आर्यघाटका अन्तिम दाहसंस्कार गरिने छ।

लामो समय निजामति सेवामा बिताएका शाहीले अञ्चलाधीश, प्रमुख जिल्ला अधिकारी भएर काम गरेका थिए । उनी निजामती प्रशासकमा राम्रो काम गर्नेमा गनिन्छन् ।

उनी झण्डै तीन महिनाअघि अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?