बाम गठबन्धनका समानुपातिक उम्मेदवार गोरखा पुग्दा चिनकाजी र धिरन थापा संकटमा
सारांश
- काठमाडौं ।
- नेपाल परिवार दलका अध्यक्ष एवं प्रतिनिधि सभा समानुपातिक उम्मेदवार एकनाथ ढकालले ५० वर्षमा हुन नसकेको काम अबको पाँच वर्षमा हुने बताएका छन् ।
- चुनावी अभियानका क्रममा गृहजिल्ला गोरखा पुगेका ढकालले एकै दिन भिन्नभिन्नै ९ स्थान सभामा बोल्दै बाम प्रगतिशिल गठबन्धनले अगाडि निर्वाचन पश्चात बहुमत ल्याएर बनेको सरकारले पाँच वर्षमा मुलुकको कायालपलट गर्ने बताए ।
काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एवं प्रतिनिधि सभा समानुपातिक उम्मेदवार एकनाथ ढकालले ५० वर्षमा हुन नसकेको काम अबको पाँच वर्षमा हुने बताएका छन् ।
चुनावी अभियानका क्रममा गृहजिल्ला गोरखा पुगेका ढकालले एकै दिन भिन्नभिन्नै ९ स्थान सभामा बोल्दै बाम प्रगतिशिल गठबन्धनले अगाडि निर्वाचन पश्चात बहुमत ल्याएर बनेको सरकारले पाँच वर्षमा मुलुकको कायालपलट गर्ने बताए ।
गठबन्धनका ९ दलको साझा उम्मेदवारको रुपमा गोरखाबाट समानुपातिकमा परेका ढकालले स्थिरता बलियो सरकारको लागि एकैपटक गठबन्धनको उम्मेदवारहरुलाई मतदान गर्न समेत आग्रह गरे ।
गोरखाको क्यामुनटार, घाटवेशी, बुङकोट, बोर्लाङ, अस्राङ, दराई गाउँ, गैरीगाउँलगायतका ठाउँमा एमाले र माओवादी केन्द्रका जिल्ला स्तरीय नेतासहित पुगेका ढकालले बाम गठबन्धनबाट बन्ने सरकारले बुढीगण्डकी जलविद्युत आयोजनाको मुअब्जा प्रत्येक वर्ष २० प्रतिशत थपेर बाँड्ने बताए ।
सिंगो देश बाम प्रगतिशिल गठबन्धनलाई जिताउन एकजुट भएको भन्दै निर्वाचन पश्चात मुलुकमा राजनैतिक स्थिरता र सुसाशनको प्रत्याभूति भई देश आर्थिक समृद्विको बाटोमा लाग्ने बताए ।
नेपालमा अब पश्चगामी, यथास्थितिवादी तथा अतिवादी सोच र चिन्तन सार्थक भइसकेको भन्दै संविधानले परिकल्पना गरेको समाज निर्माण गर्नको लागि पनि बाम गठबन्धनले जित्नुपर्ने बताए ।
चुनावी सभामा एमालेका गोरखा जिल्ला कमिटि सदस्य साधुराम थापा, माओवादी केन्द्रका नेता नारायण श्रेष्ठ, परिवार दलका केन्द्रीय सदस्य पृष्ठबाबु थापालगायत चुनावी अभियानमा जुटेका छन् ।
(Adipex)
Ram Wagle
Gar6au
Rabi Prakash Malla
Ko ho ra yo manxe?katro saktisali xa ra congress ka neta tarsinu parne?
Raju Bhandari
कुन खाते पार्टी को मान्छे हो यो यो सग कति वटा भोट छ?
Keshav Gautam
Yo ta dharma ma rajniti garni kirchiyana fataha ho