३ लाख ३६ हजार बढी संक्रमित, चीनमा शून्य, यी ५ देशमा महामारी

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १०, २०७६
|
|
३० पटक हेरिएको
Shares
३ लाख ३६ हजार बढी संक्रमित, चीनमा शून्य, यी ५ देशमा महामारी

सारांश

  • काठमाडौँ ।
  • चीनबाट देखिन सुरु भएको कोरोना भाइरसको महामारी विश्वका १९२ देशमा पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
  • सोमबार बिहानसम्म कोरोनाको संक्रमणबाट ३ लाख ३६ हजार ६ सय ३८ जना मानिस संक्रमित भएका छन् ।

काठमाडौँ । चीनबाट देखिन सुरु भएको कोरोना भाइरसको महामारी विश्वका १९२ देशमा पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

सोमबार बिहानसम्म कोरोनाको संक्रमणबाट ३ लाख ३६ हजार ६ सय ३८ जना मानिस संक्रमित भएका छन् । जसमा आइतबार मात्रै ३१ हजार ६ सय २ जना नयाँ संक्रमित थपिएका हुन् ।

कोरोनाको संक्रमणबाट पछिल्लो २४ घण्टामा मात्रै १ हजार ५ सय ९८ जनाको ज्यान गएको छ । योसँगै विश्वभर ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय ११ पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कोरोनाको उद्गमस्थल चीनमा आइतबार पनि कोरोनाकै कारण कसैले ज्यान गुमाएका छैनन् भने कोही पनि मानिस कोरोनाका संक्रमित फेला नपरेको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।
तर चीन बाहिर इटली, इरान, अमेरिका, फ्रान्स, स्पेन लगाएतका देशमा भने कोरोनाको महामारी देखिएको छ ।

आइतबार मात्रै इटलीमा सबैभन्दा बढी ६५१, स्पेनमा ३७५, इरानमा १२९, अमेरिकामा ११२, फ्रान्समा ११२, यूकेमा ४८, नेदरल्याण्डमा ४३ र इन्डोनेसियामा १० जनाको ज्यान गएको हो । अन्यदेशको विवरण तलको तालिकामा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चीनमा रहेको नेपाली ल्याउन उड्ने तयारीमा विमान, १२घण्टा विमानस्थल बन्द गरिने
चीनमा रहेको नेपाली ल्याउन उड्ने तयारीमा विमान, १२घण्टा विमानस्थल बन्द गरिने
नेकपा बनेपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल किन आउन थाले दाङ ?
नेकपा बनेपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल किन आउन थाले दाङ ?
पूर्वराष्ट्रपति डा. रामवरण यादवको सेवासुविधा थपियो
पूर्वराष्ट्रपति डा. रामवरण यादवको सेवासुविधा थपियो
पूर्वराजासँग नेताहरुको भेटको रहस्य, डा. शशांक कोइरालाको डिनर मिटिङ !
पूर्वराजासँग नेताहरुको भेटको रहस्य, डा. शशांक कोइरालाको डिनर मिटिङ !
अर्थमन्त्री डा. खतिवडाले बनाएको कार्यदलद्धारा प्रतिवेदन बुझाउने
अर्थमन्त्री डा. खतिवडाले बनाएको कार्यदलद्धारा प्रतिवेदन बुझाउने
मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठलार्इ अाक्रमण गर्नेकाे पहिचान भएकाे अाशंका
मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठलार्इ अाक्रमण गर्नेकाे पहिचान भएकाे अाशंका
गुर्जो के हो र के छ यसको महत्व ?
गुर्जो के हो र के छ यसको महत्व ?
विश्वनाथ र रामेश्वरम् ज्योर्तिलिङ्ग स्थापना गरिने
विश्वनाथ र रामेश्वरम् ज्योर्तिलिङ्ग स्थापना गरिने
विवाहमा किन लगाइन्छ साइँली औँलामा औँठी ? यस्तो छ रहस्य
विवाहमा किन लगाइन्छ साइँली औँलामा औँठी ? यस्तो छ रहस्य
‘रिह्याब’ सेन्टरबाट युवती भागेर प्रहरीकहाँ पुगेपछि …
‘रिह्याब’ सेन्टरबाट युवती भागेर प्रहरीकहाँ पुगेपछि …

तपाईंले छुटाउनुभयो कि?