अर्थमन्त्री डा. खतिवडाले बनाएको कार्यदलद्धारा प्रतिवेदन बुझाउने

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २, २०७५
|
|
३३ पटक हेरिएको
Shares
अर्थमन्त्री डा. खतिवडाले बनाएको कार्यदलद्धारा प्रतिवेदन बुझाउने

सारांश

  • काठमाडौं, २ पुस ।
  • अर्थमन्त्री डा.
  • युवराज खतिवडाले बनाएको कार्यदलले आज आफ्नो प्रतिवेदन बुझाउने भएको छ ।

काठमाडौं, २ पुस । अर्थमन्त्री डा. युवराज खतिवडाले बनाएको कार्यदलले आज आफ्नो प्रतिवेदन बुझाउने भएको छ ।

गत सोमबार बाट काम सुरु कार्यदलले एक सातापछि आज प्रतिबेदन बुझाउने तयारी गरिएको हो । मुद्रा र पूँजी बजारका समस्या पहिचान गरि समाधानका उपायहरु सुझाउनका लागि अर्थमन्त्रीले अघिल्लो बिहीबार कार्यदल बनाएका थिए ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित समितिमा धितोपत्र बोर्डका अध्यक्ष, बैंकर्स संघका अध्यक्ष, शेयर लगानीकर्ता संघका प्रतिनिधि र अर्थका सहसचिव उत्तरकुमार खत्री सदस्य छन् ।

सबै सुझाबहरु समेटेर आवश्यक विश्लेषण गरी प्रतिवेदन तयार पारिसकेकाले आज बुझाउने तयारीमा लागेको डेपुटी गभर्नर श्रेष्ठले वजानकारी दिए । कार्यदलले मुद्रा र पूँजी बजारको समस्या समाधानका लागि तत्कालिन, अल्पकालिन र दीर्घकालिन तीन खण्डमा बाँडेर सुझाब दिने उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?