गुर्जो के हो र के छ यसको महत्व ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १२, २०७७
|
|
२३ पटक हेरिएको
Shares
गुर्जो के हो र के छ यसको महत्व ?

सारांश

  • नेपाली नाम : गुर्जो, गुडुची संस्कृत नाम : अमृतवल्ली, गिलोय English name : Tinospora cardifoliya स्वाद : तीक्त , कषाय परिचय : यो पराश्रयी लता -लहरा हो ।
  • यो बन जंगलमा पाइन्छ ।
  • यो अत्यन्तै सजिलोसँग छिटो छिटो फैलनसक्ने लहरा हो ।
नेपाली नाम : गुर्जो, गुडुची
संस्कृत नाम : अमृतवल्ली, गिलोय
English name : Tinospora cardifoliya
स्वाद : तीक्त , कषाय
परिचय : यो पराश्रयी लता -लहरा हो । यो बन जंगलमा पाइन्छ । यो अत्यन्तै सजिलोसँग छिटो छिटो फैलनसक्ने लहरा हो ।पराश्रयी भए पनि ८०% आफ्नै गुण र अस्तित्वमा रहन सक्दछ ।२०% मात्र आफू आशृत बोटको गुणमा प्रभावित हुन्छ यो । यो दुई प्रकारको पाइन्छ ।कालो लहरालाइ चै औषधिको लागि विशेष महत्व मानिन्छ । यो ओसिलो ठाउको भन्दा पहारिलो र कलिलो भन्दा छिप्पिएको मोटामोटा लहरा बढी उपयोगी हुने गर्दछ ।
गुर्जोको उपयोगी भाग : पात , लहरा
कुन कुन रोगमा गुर्जोको प्रयोग गर्न सकिन्छ ?
यो मुख्यत : गुर्जोको लहरा पित्त शामक र रक्त शोधक हो । कलेजो र फोक्सोको क्षय रोगमा धातु क्षय ,उच्च रक्तचाप , उदर रोग ,जण्डिस , शरीर सुन्निएको , नपच्ने ,पिशाव पोल्ने ,कब्जियत , हेपाटाइटिस ए वि सी डि र इमा जीर्ण ज्वर , विषम ज्वर ,मुटुरोग, प्रमेह, क्यान्सर ,गर्मी नाशक पनि हो । वयस्कले दैनिक आधाचम्चा गुर्जोको धुलो सख्खर वा मिश्रीको धुलोसँग खाएमा हृष्टपुष्ट बनी उसको कमजोरीपन हराउँदछ ।
सुगर रोगीहरुले चै नीमको बोटमा आस्रित गुर्जोको लहरा सेवन गरेमा सुगर रोग कम हुनेछ । ठण्डी मौशममा पनि यसको सेवनले चिसोबाट बचाएर शरीरको तापक्रमलाई यथावत् रुपमा राख्न मद्दत गर्दछ ।
द्रष्टव्य : गुर्जो सर्व गुण सम्पन्न औषधि भएता पनि यो रक्त शोधक भएको हुनाले प्रेसर रोगी , क्यान्सर रोगी, मुटु रोगी , सुगर रोगी र जीर्ण रोगीले चिकित्सकको सल्लाह बमोजिम सेवन गर्नुपर्दछ । आफै जान्ने भएर सेवन गर्नाले कच्चा वैद्यको मात्रा यमपुरीको यात्रा नगराउला भन्न सकिन्न ।
गरिमा घिमिरे
गरिमा आयुर्वेद क्लिनिक
भक्तपुर – कौशलटार ।
9860905240

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वामदेव फकाउँदै ओली, महाधिवेशनबाट अध्यक्ष बनाउने प्रस्ताव !
वामदेव फकाउँदै ओली, महाधिवेशनबाट अध्यक्ष बनाउने प्रस्ताव !
महानवमी मनाइँदै, हनुमानढोकाको तलेजु मन्दिर खुला
महानवमी मनाइँदै, हनुमानढोकाको तलेजु मन्दिर खुला
प्रदेशको नाम र स्थायी राजधानी सबै राजनीतिक दलको सहमतिमा:मुख्यमन्त्री शेरधन राई
प्रदेशको नाम र स्थायी राजधानी सबै राजनीतिक दलको सहमतिमा:मुख्यमन्त्री शेरधन राई
ओली र लेखकविरुद्धको जाहेरी आयोगले प्रहरीमै फिर्ता पठायो
ओली र लेखकविरुद्धको जाहेरी आयोगले प्रहरीमै फिर्ता पठायो
आरजु राणा देउवाद्वारा प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला सहभागिताका लागि माग
आरजु राणा देउवाद्वारा प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला सहभागिताका लागि माग
योगलाई आधुनिक जीवनशैलीका दूष्परिणाम न्यूनीकरण गर्ने पद्धतिका रूपमा स्थापित गरौँः प्रधानमन्त्री
योगलाई आधुनिक जीवनशैलीका दूष्परिणाम न्यूनीकरण गर्ने पद्धतिका रूपमा स्थापित गरौँः प्रधानमन्त्री
‘डंकिनी मोरी’ आयो, कालरात्री ब्याण्डको पुरागमन
‘डंकिनी मोरी’ आयो, कालरात्री ब्याण्डको पुरागमन
गोपाल खड्काले एक घण्टामै अदालतलाई २ करोड ५० लाख बुझाए
गोपाल खड्काले एक घण्टामै अदालतलाई २ करोड ५० लाख बुझाए
एसियन गेम्सः अाशा गरिएका खेलमा पनि नेपाल पदकविहिन !
एसियन गेम्सः अाशा गरिएका खेलमा पनि नेपाल पदकविहिन !
The Nine Most popular Chinese Language Internet dating Apps In 2020 Usually are What You possessed Expect

तपाईंले छुटाउनुभयो कि?