कतार एयरवेजबाट आएका पाँचजनाको नतिजा ‘नेगेटिभ’

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १६, २०७६
|
|
३१ पटक हेरिएको
Shares
कतार एयरवेजबाट आएका पाँचजनाको नतिजा ‘नेगेटिभ’

सारांश

  • चितवन।
  • कतार एयरवेजबाट यहाँ आएका पाँचैजनाको नतिजा नेगेटिभ आएको छ।
  • सोही एयरवेजबाट आएकी कोराना सङ्क्रमित युवतीसँगै आएका जिल्लाका पाँचजनाकै कोरोना भाइरसको नतिजा ‘नेगेटिभ’ आएको हो।

चितवन। कतार एयरवेजबाट यहाँ आएका पाँचैजनाको नतिजा नेगेटिभ आएको छ। सोही एयरवेजबाट आएकी कोराना सङ्क्रमित युवतीसँगै आएका जिल्लाका पाँचजनाकै कोरोना भाइरसको नतिजा ‘नेगेटिभ’ आएको हो। भरतपुर कोरोना विशेष अस्पतालले पठाएको नमूना टेकु प्रयोगशालामा परीक्षण हुँदा पाँचजनाकै नतिजा नेगेटिभ आएको अस्पतालका प्रवक्ता डा भोजराज अधिकारीले जानकारी दिए।

कोरोना सङ्क्रमित युवतीसँगै एउटै जहाजमा आएका भरतपुर महानगरपालिका–८ का भुवन कोइराला, उनकी श्रीमती सञ्जु कोइराला, भरतपुरका सुरेश गुरुङ, शम्भु नेपाली र उहाँकी श्रीमतीलाई अस्पतालमा क्वारेन्टाइनमा राखी स्वाब परीक्षणका लागि पठाइएको थियो। जिल्ला प्रशासन कार्यालय चितवनको आग्रहमा उनीहरु कोरोना अस्पताल पुगेका थिए।

सोही एयरवेजमा आएका छजना चितवनवासी भएकामा एक जना काठमाडौँमा नै बसेका थिए । यस्तै भरतपुर कोरोना अस्पतालबाट पठाइएको अन्य छ जनाको कोरोना परीक्षणको नतिजासमेत नेगेटिभ आएको अधिकारीले जानकारी दिए। गत चैत ७ गतेबाट सञ्चालनमा आएको अस्पतालमा कोरोनाको लक्षण देखिएका २३ जनाले सेवा लिएका छन् । हाल चारजनाको उपचार भइरहेको छ । अन्यको नतिजा नेगेटिभ आएसँगै घर पठाइएको अस्पतालले जनाएको छ । घरपरिवारको निगरानीमा राख्ने गरी पठाइएको गरिएको हो।

(simplyearth.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस बैठकमा रामचन्द्रको प्रश्नै–प्रश्न, सोधे – केका लागि सरकार ??
कांग्रेस बैठकमा रामचन्द्रको प्रश्नै–प्रश्न, सोधे – केका लागि सरकार ??
लक्ष्यअनुसार उठेन आन्तरिक राजस्व
लक्ष्यअनुसार उठेन आन्तरिक राजस्व
प्रधानन्यायाधीश पराजुलीलाई सांसदहरुको प्रश्न: चारवटी बिहे कुन कानुनले गर्नुभयो ?
प्रधानन्यायाधीश पराजुलीलाई सांसदहरुको प्रश्न: चारवटी बिहे कुन कानुनले गर्नुभयो ?
कृष्ण ढकालका हत्यारा एक महिनासम्म फेला परेनन्
प्रदेशबाट पुनः श्रम स्वीकृति पाएपछि युवा खुशी
प्रदेशबाट पुनः श्रम स्वीकृति पाएपछि युवा खुशी
शरणार्थी प्रकरणका सम्बन्धमा गठित समितिको प्रतिवेदन सार्वजनिक गर्न माग
शरणार्थी प्रकरणका सम्बन्धमा गठित समितिको प्रतिवेदन सार्वजनिक गर्न माग
झुक्दिनँ भन्दा भन्दै झुकाए मोदीले !
नारायणगढ—मुग्लिन सडकखण्डः समयमा काम नसकेपछि छानबिन गर्न निर्देशन : गृहमन्त्री थापा
नारायणगढ—मुग्लिन सडकखण्डः समयमा काम नसकेपछि छानबिन गर्न निर्देशन : गृहमन्त्री थापा
सरोकारवाला तीन मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयद्वारा प्रधानमन्त्रीको निर्देशन लागू गर्न निर्देश
सरोकारवाला तीन मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयद्वारा प्रधानमन्त्रीको निर्देशन लागू गर्न निर्देश
विश्वकपबाट आकर्षकका केन्द्रविन्दु मेसी र रोनाल्डो घर फर्के, समर्थक निराश

तपाईंले छुटाउनुभयो कि?