सरोकारवाला तीन मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयद्वारा प्रधानमन्त्रीको निर्देशन लागू गर्न निर्देश

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ३, २०७४
|
|
२७ पटक हेरिएको
Shares
सरोकारवाला तीन मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयद्वारा प्रधानमन्त्रीको निर्देशन लागू गर्न निर्देश

सारांश

  • काठमाडौं- सडकको दुरवस्थालेे जोखिम बढ्दै गएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार १५ दिनभित्र सडकका खाल्डाखुल्डी पुर्न निर्देशन दिए।
  • त्यसको भोलिपल्ट सोमबार सरोकारवाला तीन मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्रीको निर्देशन लागू गर्न निर्देश गरेको छ ।
  • ‘प्रधानमन्त्रीको निर्देशन पालना गर्न तीन मन्त्रालयका सचिवलाई बोलाएर काम गर्न निर्देशन दिएको छु’, प्रधानमन्त्री कार्यालयका सचिव चन्द्र घिमिरेले भने, ‘उहाँहरूले सोहीअनुसार काम गर्दै जानुहुनेछ।

काठमाडौं- सडकको दुरवस्थालेे जोखिम बढ्दै गएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार १५ दिनभित्र सडकका खाल्डाखुल्डी पुर्न निर्देशन दिए। त्यसको भोलिपल्ट सोमबार सरोकारवाला तीन मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्रीको निर्देशन लागू गर्न निर्देश गरेको छ ।

‘प्रधानमन्त्रीको निर्देशन पालना गर्न तीन मन्त्रालयका सचिवलाई बोलाएर काम गर्न निर्देशन दिएको छु’, प्रधानमन्त्री कार्यालयका सचिव चन्द्र घिमिरेले भने, ‘उहाँहरूले सोहीअनुसार काम गर्दै जानुहुनेछ।’ उनका अनुसार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका दिनेश थपलिया, भौतिक योजना तथा यातायात मन्त्रालयका देवेन्द्र कार्की र खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायलाई मन्त्रालयअन्तर्गत सडक निर्माणको काम गर्ने निकायलाई सक्रिय बनाएर काम गराउने निर्देशन दिइएको छ। १५ दिनभित्र सडकको दुरवस्था हटाउने प्रधानमन्त्रीको निर्देशनअनुसार नै काम अघि बढाएको उनले बताए।

‘१५ दिनमै सडक चिल्लो बनिहाल्छ भन्ने त होइन’, सचिव घिमिरेले भने, ‘धेरै हदसम्म अहिलेको भन्दा सुधार हुनेछ।’ सडकको अवस्था सुधारका लागि आफूले स्थलगत निरीक्षणसमेत गरिरहेको बताउँदै सचिवहरूलाई पनि त्यहीअनुसार काम गर्न लगाएको उनले बताए।

गत शुक्रबार सामाखुसीमा १३ वर्षीया बालिका सत्या सापकोटा नालीको भेलमा बगेकी थिइन्। पछि उनको उद्धार गरिएको थियो। शुक्रबारै तारकेश्वर नगरपालिकामा विनिता फुयाँलको नालीको भेलमा बगेर ज्यान गएको थियो। यसपछि प्रधानमन्त्रीले आइतबार १५ दिनभित्र काठमाडौंका खाल्डा पुर्न, फुटेका ढल बनाउन, ढलेका बिजुलीका पोल गाड्न निर्देशन दिएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?