नारायणगढ—मुग्लिन सडकखण्डः समयमा काम नसकेपछि छानबिन गर्न निर्देशन : गृहमन्त्री थापा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ८, २०७५
|
|
२७ पटक हेरिएको
Shares
नारायणगढ—मुग्लिन सडकखण्डः समयमा काम नसकेपछि छानबिन गर्न निर्देशन : गृहमन्त्री थापा

सारांश

  • चितवन, ८ जेठ, गृहमन्त्री रामबहादुर थापाले नारायणगढ—मुग्लिन सडकखण्डको काम समयमा नसकेकोमा छानबिन गर्न निर्देशन दिइएको बताउनुभएको छ ।
  • सुर्खेतमा हुन लागेको कर्णाली प्रदेशको सुरक्षा गोष्ठीमा जाँदैगर्दा आज बिहान मौसम खराबीका कारण चितवनमा हेलिकोप्टर अवतरण गरी जिल्लास्थित सुरक्षा निकायसँग जिल्लाको अवस्थाको बारेमा जानकारी लिने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
  • गृहमन्त्री थापाले सो सडकको अब समय थप गर्ने वा जरिवाना लगाएर काम गर्ने भन्ने विषयमा छानबिनपछि मात्र भन्न सकिने बताउनुभयो ।

चितवन, ८ जेठ, गृहमन्त्री रामबहादुर थापाले नारायणगढ—मुग्लिन सडकखण्डको काम समयमा नसकेकोमा छानबिन गर्न निर्देशन दिइएको बताउनुभएको छ ।

सुर्खेतमा हुन लागेको कर्णाली प्रदेशको सुरक्षा गोष्ठीमा जाँदैगर्दा आज बिहान मौसम खराबीका कारण चितवनमा हेलिकोप्टर अवतरण गरी जिल्लास्थित सुरक्षा निकायसँग जिल्लाको अवस्थाको बारेमा जानकारी लिने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

गृहमन्त्री थापाले सो सडकको अब समय थप गर्ने वा जरिवाना लगाएर काम गर्ने भन्ने विषयमा छानबिनपछि मात्र भन्न सकिने बताउनुभयो । सो सडकको चौथो पटक समय थप गरी सकिएको छ । पछिल्लो समय पनि जेठ १६ गते सकिँदैछ ।

हालसम्म ८८ दशमलव १४ प्रतिशत मात्र काम सकिएको छ । यो सडक राजधानी जोड्ने लाइफलाइन हो । जिल्लाको शान्ति सुरक्षा मजबुत राख्न निर्देशन दिनुभएका मन्त्री थापाले हावाहुरी र असिना पानीबाट क्षति भएको केरा, मकै र बर्डफ्लुबाट भएको प्रभावका बारेमा जानकारी लिनुभएको थियो । उहाँले विप्लव समूहले आफ्नो गतिविधि देखाइरहेको भन्दै रोक्नका लागि के कस्ता काम भइरहेको छ भन्ने विषयमा जानकारी लिनुभएको थियो ।

गृहमन्त्री थापाले यातायात सिण्डिकेट रोकिएपछिको प्रभाव र समयमा काम नगर्ने ठेकेदारको अवस्थाका बारेमा पनि जिल्लास्थित सुरक्षा निकायसँग जानकारी लिनुभएको थियो ।

सो क्रममा चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत र प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जिल्लामा हावाहुरी र असिनाबाट भएको क्षति, बर्डफ्लुबाट परेको प्रभाव, विप्लव निकट नेकपाको गतिविधि, आपराधिक गतिविधि, सडक सुरक्षालगायतका विषयमा जानकारी गराउनुभएको थियो ।

सो अवसरमा गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मी, गृहप्रवक्ता रामकृष्ण सुवेदीलगायतको उपस्थिति रहेको थियो । झण्डै दुईघण्टा चितवनमा बसेपछि मौसम अनुकूल बनेसँगै गृहमन्त्री थापासहितको टोली सुर्खेत प्रस्थान गरेको छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Gb Chettri

    हो छान विन गरि कार्वाइ गर्नै पर्छ यो जन्ता को माग हो।

    Comment Author

    Om Sunuwar

    छानबिन साथै त्यस्ता दलाल चोर ठेकेदारको लाइसेन्स नै रद्द गरिदिनु पर्छ ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३ महिने लागुऔषध नियन्त्रण महाअभियान पोखरामा सुरू ।
३ महिने लागुऔषध नियन्त्रण महाअभियान पोखरामा सुरू ।
सरकार प्रदेश र संघको चुनाव हुन नदिने षडयन्त्र गर्दैछः अध्यक्ष ओली
सरकार प्रदेश र संघको चुनाव हुन नदिने षडयन्त्र गर्दैछः अध्यक्ष ओली
राजधानीका यी २१ ठाउँमा आज बत्ति जानेछ
राजधानीका यी २१ ठाउँमा आज बत्ति जानेछ
अर्थमन्त्रीको प्रयासले करिब १३ अर्ब राजस्व सरकारी खातामा
अर्थमन्त्रीको प्रयासले करिब १३ अर्ब राजस्व सरकारी खातामा
राष्ट्र भाषा संरक्षणमा चासो , प्रत्येक समुदायले बोल्ने राष्ट्र भाषालाई पाठ्यक्रममा समाबेश गर्न माग
राष्ट्र भाषा संरक्षणमा चासो , प्रत्येक समुदायले बोल्ने राष्ट्र भाषालाई पाठ्यक्रममा समाबेश गर्न माग
संकटकाल लगाउने सम्मको तयारी
संकटकाल लगाउने सम्मको तयारी
निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई प्रतिवेदन बुझायो
निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई प्रतिवेदन बुझायो
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकाे काम अघि बढेन
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकाे काम अघि बढेन
ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु, चालक फरार
रुसमाथि प्रतिबन्ध लगाउने प्रस्ताव अमेरिकी संसदमा भारी मतले पारित
रुसमाथि प्रतिबन्ध लगाउने प्रस्ताव अमेरिकी संसदमा भारी मतले पारित

तपाईंले छुटाउनुभयो कि?