विश्वकपबाट आकर्षकका केन्द्रविन्दु मेसी र रोनाल्डो घर फर्के, समर्थक निराश
सारांश
- शिखरन्युज १७ असार – रसियामा जारी विश्वकपमा फूटबलमै आकर्षकका केन्द्रविन्दु रहेका लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो एकै दिन विश्वकपबाट आउट भई घर फर्केका छन् ।
- उनीहरुका विश्वभरका करोडौं समर्थक निराश बनेका छन् ।
- राति पौने १२ बजे भएको विश्वकपको प्रि-क्वाटरमा पोर्चुचल पनि घर फर्केको छ ।
शिखरन्युज १७ असार – रसियामा जारी विश्वकपमा फूटबलमै आकर्षकका केन्द्रविन्दु रहेका लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो एकै दिन विश्वकपबाट आउट भई घर फर्केका छन् । उनीहरुका विश्वभरका करोडौं समर्थक निराश बनेका छन् ।

राति पौने १२ बजे भएको विश्वकपको प्रि-क्वाटरमा पोर्चुचल पनि घर फर्केको छ । उरुग्वे र पोर्चुगलको सबैको आसाको केन्द्र रहेका रोनाल्डोको पनि केही सिप नचल्दा पोर्चुगल घर फर्कनु परेको हो ।
त्यसैगरी उरुग्वेसँग नकआउट चरणमा २-१ गोलअन्तरले पराजित भएपछि पोर्चुगल रुसमा चलिरहेको विश्वकपबाट बाहिरिएको छ।
त्यसैगरी पौने ८ बजे भएको खेलमा फ्रान्ससँग ४-३ अन्तरले पराजित हुँदै लियोनल मेस्सीको टिम अर्जेन्टिना बाहिरिएको थियो। मेसीले १ गोल गर्न सफल भएका थिए । रोनाल्डोले भने कुनै गोल गर्न सकेनन् । फूटबलका महान हस्ती मानिने दुई खेलाडी बाहिरिएपछि नेपाली समर्थक समेत निराश बनेका छन् ।


Deepak Dumre
Kati bela goal garo ho Messi le hawa post