कोरोना भाइरस छल्न थाइल्याण्डका राजा २० युवतीसहित जर्मनीको रिसोर्टमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १८, २०७६
|
|
१८ पटक हेरिएको
Shares
कोरोना भाइरस छल्न थाइल्याण्डका राजा २० युवतीसहित जर्मनीको रिसोर्टमा

सारांश

  • काठमाडौं : थाइल्याण्डका राजा महा बजिरलंकन आफ्नो देशमा कोरोना भाइरसको महामारी फैलिएसँगै २० युवती र अरु दर्जनौँ दरवारीया कामदारहरुसहित जर्मनी पुगेका छन् ।
  • एक सय भन्दा ठूलो समूह उनको साथमा रहेको बताइएको छ ।
  • दक्षिणी जर्मनीको भव्य रिसोर्टमा उनी सेल्फ आइसोलेसनमा केही दिनदेखि बसिरहेको डेलीमेलले उल्लेख गरेको छ ।

काठमाडौं : थाइल्याण्डका राजा महा बजिरलंकन आफ्नो देशमा कोरोना भाइरसको महामारी फैलिएसँगै २० युवती र अरु दर्जनौँ दरवारीया कामदारहरुसहित जर्मनी पुगेका छन् ।

एक सय भन्दा ठूलो समूह उनको साथमा रहेको बताइएको छ । दक्षिणी जर्मनीको भव्य रिसोर्टमा उनी सेल्फ आइसोलेसनमा केही दिनदेखि बसिरहेको डेलीमेलले उल्लेख गरेको छ । ‘ग्रान्ड होटेल सोन्नेबबिक’ मा उनी बसेको अन्तर्रा्ष्र्टिय मिडियाले जनाएका छन् ।

तर ६७ वर्षीय राजाले गत वर्ष मात्रै विवाह गरेकी चौथो पत्नी भने उनको टोलीमा छन् वा छैनन् भन्ने यकिन भइसकेको छैन । रामा पाँचौंको रुपमा पनि चिनिने थाइ राजा महाको उच्च विलाशी जीवनशैली हुनुका साथै उनको विवादास्पद छवि छ ।

उनले २०१९ मा आफ्नै अंगरक्षक महिलासँग चौथो पत्नीको रुपमा विवाह गरेका थिए । जर्मन ट्याब्लोइड ‘ब्लीड’का अनुसार राजाले जर्मनीको उक्त सिंगो रिसोर्ट नै आफ्ना लागि अग्रिम बुक गरिसकेका थिए ।

थाइल्याण्डमा कोरोना भाइरसको महामारी फैलिँदै गर्दा उनी जर्मनी पुगेको घटनालाई थाइ नागरिकहरुले आलोचना गर्न थालेका छन् । एक सय १९ सदस्यीय टोलीमा उनी सुटुक्क जर्मनी पुगेका थिए । मलेसियाका राजा र रानी कोरोनाबाट बच्न सेल्फ आइसोलेसनमा बसेपछि थाइ राजाको खबर बाहिरिएको हो । मलेसियाका राजा र रानी भने आफ्नै कार्यालयका कामदार संक्रमित भएपछि उनीहरु सेल्फ आइसोलेसनमा बस्न थालेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बेलुनमा उडेर पोखरा घुम्नुस्
बेलुनमा उडेर पोखरा घुम्नुस्
दुई मुख र तीन आँखा भएको बिरालो
दुई मुख र तीन आँखा भएको बिरालो
कुमाले समुदायको माटोका भाँडा बनाउने पेशा संकटमा
कुमाले समुदायको माटोका भाँडा बनाउने पेशा संकटमा
आज दुई तिहाई विश्वासको मत लिंदै, ओली सबैभन्दा शक्तिशाली प्रधानमन्त्री बन्दै, विपक्षमा कांग्रेस मात्र
आज दुई तिहाई विश्वासको मत लिंदै, ओली सबैभन्दा शक्तिशाली प्रधानमन्त्री बन्दै, विपक्षमा कांग्रेस मात्र
दशैँकाे दिन निःशुल्क बस सेवा,सञ्चालनमा आउने रुटहरू सहित
दशैँकाे दिन निःशुल्क बस सेवा,सञ्चालनमा आउने रुटहरू सहित
पेनाल्टीमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा
पेनाल्टीमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा
सोमबार माओवादी केन्द्रको बैठक
सोमबार माओवादी केन्द्रको बैठक
विश्वकपमा पेनाल्टी शुटआउटको इतिहासः सबैभन्दा धेरै खेल्ने अर्जेन्टिना, जित्ने जर्मनी
विश्वकपमा पेनाल्टी शुटआउटको इतिहासः सबैभन्दा धेरै खेल्ने अर्जेन्टिना, जित्ने जर्मनी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा सशस्त्र प्रहरी परिचालन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा सशस्त्र प्रहरी परिचालन
वीरगञ्जका मेयर उम्मेदवार सराबगीका कर्तुतहरुको खुलासा हुँदै
वीरगञ्जका मेयर उम्मेदवार सराबगीका कर्तुतहरुको खुलासा हुँदै

तपाईंले छुटाउनुभयो कि?