संकटाद्धारा च्यासल युथ क्लब २-१ गोल अन्तरले पराजित

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर १५, २०७५
|
|
३० पटक हेरिएको
Shares
संकटाद्धारा च्यासल युथ क्लब २-१ गोल अन्तरले पराजित

सारांश

  • काठमाडौं, मंसिर १५ ।
  • पल्सर सहिद स्मारक ए डिभिजन लिग फुटबलमा सिएमजी संकटा क्लबले जित निकालेको छ ।
  • शनिबार भएको खेलमा संकटाले च्यासल युथ क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

काठमाडौं, मंसिर १५ । पल्सर सहिद स्मारक ए डिभिजन लिग फुटबलमा सिएमजी संकटा क्लबले जित निकालेको छ ।

शनिबार भएको खेलमा संकटाले च्यासल युथ क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको हो । हल्चोकस्थित एपीएफ मैदानमा संकटालाई जित दिलाउन अमित तामाङ र एलोन म्याक्सवेलले एक एक गोल गरे । च्यासलका सन्तोष साहुखलले एक गोल फर्काए ।

स्टार खेलाडी बिमल घर्ति मगर, सन्तोष साहुखल रहेको च्यासलविरुद्ध संकटाले खेलको २३ औं मिनेटमा पेनाल्टीबाट अग्रता बनाएको थियो । च्यासलका छिरिङ गुरुङले डिबक्स भित्र हाण्ड गरेपछि पाएको पेनाल्टीमा संकटाका अमित तामाङले गोल गरे ।

खेलको ४८ औं मिनेटमा म्याक्सवेलले गोल गर्दै संकटाको अग्रता २-० को बनाए । त्यसपछि खेलको ८७ औं मिनेटमा संकटाले एक गोल फर्काएपनि टोलीको हार टार्न सकेनन् । संकटाका कप्तान सरोज दाहालले सन्तोष साहुखललाई फल गरेपछी पाएको पेनाल्टीमा सन्तोषले गोल गर्दै च्यासललाई २-१ मा ल्याएका थिए । तर, च्यासलले थप गोल फर्काउन सकेन र खेल संकटालाई सुम्पियो ।

खेलमा संकटाका नितिन थापा म्यान अफ दि म्याच चुनिए । जितसंगै संकटा तेस्रो स्थानमा उक्लिएको छ । संकटाले पाँच खेलबाट ९ अंक जोडेको छ । पराजित च्यासल ४ अंक जोडेर आठौं स्थानमा छ । च्यासलको यसै मैदानमा लगातार दोस्रो हार समेत हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुतिरहेको बेला घरको छानो खस्दा एक बालिकाको मृत्यु
स्याल र बाघ एकै चोटि कराउदा प्रकाश कटुवाल र भुमिका गिरि को भगाभाग
स्याल र बाघ एकै चोटि कराउदा प्रकाश कटुवाल र भुमिका गिरि को भगाभाग
उच्च जोखिम र अतिक्रमणको चपेटामा चाँगुनारायण
उच्च जोखिम र अतिक्रमणको चपेटामा चाँगुनारायण
प्रहरी चौकीमा भएकाे  आक्रमणमा परी आठ प्रहरीको मृत्यु !
प्रहरी चौकीमा भएकाे आक्रमणमा परी आठ प्रहरीको मृत्यु !
फागुन २८ गतेका निर्णय फिर्ता लिन ओली पक्ष तयार नभएको रावलको भनाई, अर्को बैठक कहिले ?
फागुन २८ गतेका निर्णय फिर्ता लिन ओली पक्ष तयार नभएको रावलको भनाई, अर्को बैठक कहिले ?
प्रधानमन्त्री दाहालकाे जवाफ : एक महिनाभित्र नागरिकता समस्या समाधान गर्छाैं :
प्रधानमन्त्री दाहालकाे जवाफ : एक महिनाभित्र नागरिकता समस्या समाधान गर्छाैं :
सुन तस्करी प्रकरण : खै त नेताको हातमा हतकडी ?
सुन तस्करी प्रकरण : खै त नेताको हातमा हतकडी ?
विद्युतीय मोटर प्रयोग गरी खानेपानी
विद्युतीय मोटर प्रयोग गरी खानेपानी
निजामती दिवसमा पुरस्किृत हुने ४० जना कर्मचारी को–को हुन् ? (सूचिसहित)
निजामती दिवसमा पुरस्किृत हुने ४० जना कर्मचारी को–को हुन् ? (सूचिसहित)
अमेरिकाको न्यूयोर्कमा विश्व अमेरिका नेपाल संगीत अवार्ड हुँदै
अमेरिकाको न्यूयोर्कमा विश्व अमेरिका नेपाल संगीत अवार्ड हुँदै

तपाईंले छुटाउनुभयो कि?