हुम्ला, जुम्लामा ३ फिट भन्दा बढी हिउँ जम्यो

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २६, २०७५
|
|
२२ पटक हेरिएको
Shares
हुम्ला, जुम्लामा ३ फिट भन्दा बढी हिउँ जम्यो

सारांश

  • काठमाडौं ।
  • हुम्ला लगायतका हिमाली जिल्लामा हिमपात हुँदा एकमात्र हवाइसेवासमेत ठप्प हुँदा जनजीवन थप प्रभावित भएको छ ।
  • हुम्ला र डोल्पामा हिमपातका कारण स्थानीयलाई दैनिक जीवन यापनका लागिसमेत समस्या भएको छ ।

काठमाडौं । हुम्ला लगायतका हिमाली जिल्लामा हिमपात हुँदा एकमात्र हवाइसेवासमेत ठप्प हुँदा जनजीवन थप प्रभावित भएको छ ।

हुम्ला र डोल्पामा हिमपातका कारण स्थानीयलाई दैनिक जीवन यापनका लागिसमेत समस्या भएको छ । हुम्ला, जुम्लामा ३ फिट भन्दा बढी हिउँ जमेको स्थानीयले बताएका छन्।

हिमपातले हुम्लाको एकमात्र यातायातको माध्यम हवाई सेवासमेत ठप्प भएको छ। जिल्ला बाहिर जाने यातायातको एकमात्रै हवाईसेवा ठप्प हुँदा यात्रु विचल्लीमा छन् ।

स्थानीयलाई घरबाहिर निस्कन समेत समस्या भएको छ। गाईवस्तुलाई घाँसपात खान दिन समस्या परेको छ । पानीसमेत जमेपछि हिउँ तताएर पानी बनाउनु परेको छ । हिमपात र हावाहुरीले स्थानीयलाई एक ठाउँबाट अर्को ठाउँ आवतजावत गर्न कठिनाई भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?