जिम्मेवारी सम्हाल्नुबित्तिकै के भने कामु प्रधानन्यायाधीश जोशीले ?
सारांश
- काठमाडौं, १ चैत ।
- सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपकराज जोशीले न्यायपालिकाको सुधारका लागि कार्यान्वयनमा रहेको पञ्चवर्षीय रणनीतिक योजना नै आफ्नो प्रमुख जोड भएको बताएका छन् ।
- कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकै दिन बिहीवार न्यायिक पत्रकारहरुसँग कुराकानी गर्दै जोशीले न्यायपालिकाको रणनीतिक योजनालाई नै प्राथमिकतामा राख्ने बताए ।
काठमाडौं, १ चैत । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपकराज जोशीले न्यायपालिकाको सुधारका लागि कार्यान्वयनमा रहेको पञ्चवर्षीय रणनीतिक योजना नै आफ्नो प्रमुख जोड भएको बताएका छन् । कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकै दिन बिहीवार न्यायिक पत्रकारहरुसँग कुराकानी गर्दै जोशीले न्यायपालिकाको रणनीतिक योजनालाई नै प्राथमिकतामा राख्ने बताए ।
कामु प्रधानन्यायाधीश जोशीले भने, “न्यायपालिकाभित्र जे जति समस्या छन् ती सबैको समाधान रणनीतिक योजनामार्फत हुने भएकाले त्यसैलाई महत्व दिने हो ।” कामु प्रधानन्यायाधीश जोशीले भने, “यदि कहीकतै बिग्रेको छ भने त्यो अरु कसैको नभएर हाम्रै कारणले भएकाले अरुलाई दोष नदिई त्यसमा समाधान गर्न प्रयत्नशील रहनेछु ।”
पछिल्लो समयमा न्यायपालिकाप्रतिको जनआस्था घटने गरी प्रचार भइरहेको पत्रकारहरुको जिज्ञासामा कामु प्रधानन्यायीश जोशीले न्यायपालिकाप्रति अपनत्व र आम सर्वसाधारणप्रति जनआस्था बृद्धि गर्न लागि पर्ने बताए । सर्वोच्च अदालत तथा मातहतका अदालतमा मुद्धाको संख्या घटाउन न्यायको बैकल्पिक उपाय मेलमिलाप तथा स्थानीय न्यायिक समितिबाटै पनि मेलमिलाप गरेर सामान्य विषय टुंग्याउनेतर्फ लाग्नुपर्ने उनको भनाई छ ।
कामु प्रधानन्यायाधीश जोशीले अदालत भनेको नागरिकको सुरक्षा गर्ने महत्वपूर्ण संस्था भएकाले हरदम नागरिकको सुरक्षाका लागि काम गर्ने बताए ।
प्रतिक्रिया