लकडाउन सम्बन्धी छलफलका लागी आज आकस्मिक मन्त्रीपरिपद् बैठक बस्दै

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र २२, २०७६
|
|
२५ पटक हेरिएको
Shares
लकडाउन सम्बन्धी छलफलका लागी आज आकस्मिक मन्त्रीपरिपद् बैठक बस्दै

सारांश

  • लकडाउन सम्बन्धी विशेष छलफलका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आज आकस्मिक मन्त्रीपरिषद् बैठक बोलाएका छन् ।
  • मध्यान् ४ बजे बालुवाटारमा बैठक बोलाइएको छ ।
  • बैठकमा लकडाउनको समयसीमा थप्ने वा नथप्ने विषयमा छलफल गरिने बुझिएको छ ।

लकडाउन सम्बन्धी विशेष छलफलका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आज आकस्मिक मन्त्रीपरिषद् बैठक बोलाएका छन् । मध्यान् ४ बजे बालुवाटारमा बैठक बोलाइएको छ । बैठकमा लकडाउनको समयसीमा थप्ने वा नथप्ने विषयमा छलफल गरिने बुझिएको छ । स्वास्थ्य सामाग्री खरिदको विषयमा पनि छलफल हुने श्रोतले बताएको छ ।

मन्त्रीपरिषद बैठकअघि केन्द्रीय कोभिड- १९ रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको बैठक बस्ने छ । सिंहदरबारमा बस्ने बैठकमा लकडाउन केही दिन थप्ने बारे छलफल हुने र समितिले त्यसको सिफारिस मन्त्रीपरिषदमा गर्ने सम्भावना रहेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?