चमेलिया देशकै महंगो बिजुली

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २८, २०७४
|
|
२६ पटक हेरिएको
Shares
चमेलिया देशकै महंगो बिजुली

सारांश

  • काठमाडौं, २८ माघ – सन् २०११ मा सम्पन्न गर्ने लक्ष लिइएको आयोजना छवर्ष ढिलोगरी सञ्चालनमा आएको हो ।
  • यसका लागि ११ पटक म्याद थपिएको थियो भने १५ पटकसम्म आयोजनाको काम रोकिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
  • यो आयोजनामा प्रतिमेगावाट विजुलीको उत्पादन खर्च ५४ करोड रुपैयाँ भएको छ ।

काठमाडौं, २८ माघ – सन् २०११ मा सम्पन्न गर्ने लक्ष लिइएको आयोजना छवर्ष ढिलोगरी सञ्चालनमा आएको हो । यसका लागि ११ पटक म्याद थपिएको थियो भने १५ पटकसम्म आयोजनाको काम रोकिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । यो आयोजनामा प्रतिमेगावाट विजुलीको उत्पादन खर्च ५४ करोड रुपैयाँ भएको छ । प्रतिमेगावाट लागतका हिसावले यो देशकै महंगो आयोजना हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

खर्चको एकीन विवरण आउन बाँकी नै छ । थप विवरण आउँदा आयोजनाकको लागत अझ बढ्न सक्ने आयोजना प्रमुख दहालले बताए । उनले भने, ‘चमेलियाको खर्च १५ अर्ब ९० करोड पुग्ने देखिन्छ ।’ आयोजनाको सुरुआतमा आठअर्ब ३४ करोड रुपैयाँमा अनुमान गरिएको थियो ।

आयोजना उद्घाटन कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले १५ अर्ब रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरे । उनले विद्युत गृहका लागि जग्गा खरिद, सिभिल निर्माण र इलेक्ट्रोमेकानिकल तथा हाइड्रोमेकानिकल कार्यका लागि करिब सातअर्ब ८४ करोड र परामर्श सेवातर्फ करिब ६० करोड रुपैयाँ भएको बताए ।

त्यस्तै बलाँच–अत्तरीया प्रसारण लाइनको निर्माणमा दुईअर्ब ५४ करोड, सब–स्टेसन निर्माण र ३३-११ केभि प्रसारण लाइन निर्माणमा १९ करोड ४८ लाख रुपैयाँ खर्च भएको छ । घिसिङले आयोजनाले सामाजिक विकास एवं वातावरण संरक्षण कार्यमा पाँचकरोड, मूल्य समायोजना, बिदेशी मुद्रा सटहीमा भएको नोक्सानी र प्रशासनिक खर्चमा तीनअर्ब गरी छअर्ब १८ करोड ४८ लाख खर्च गरेको विवरण पेश गरे ।

चमेलियामा भ्रष्टाचार भएको भन्दै जनादर्न शर्मा सभापति रहेको संसदको सार्वजनिक लेखा समितिले निर्माणको काम बन्द गर्न निर्देशन दिएको थियो । झण्डै १९ महीनापछि १२ असोज २०७३ मा शर्मा नै उर्जामन्त्री हुँदा निर्माण कार्य पुनः सुचारु भएको थियो । समितिले तत्कालीन युवा तथा खेलकुद मन्त्री राजन केसीको संयोजकत्वमा गठित छानविन समितिको प्रतिवेदनलाई भ्रष्ट्राचारको आधार मानेको थियो ।

त्यस्तै नाकाबन्दीको समयमा भएको निर्माण सामग्रीको अभाव, सरकारका पदाधिकारीहरुका लागि नौवटा महंगा गाडीको खरीद लगायतका विषयले पनि आयोजनाको लागत बढ्न पुगेको बताइएको छ । चमेलियाका महंगा गाडीहरु प्रधानमन्त्रीदेखि मन्त्रीहरुसम्मले समेत प्रयोग गरिरहेका छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Purna Tamang

    Yasta aayojanabata kehi le akut kamauchhan deshlai dubauchhan…..deshko arthatantra lai langado banaune khalko yojanaharu kina banauchhan ta??

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?