वीरगञ्जमा ३ भारतीयमा कोरोना संक्रमण भेटियो

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ३०, २०७६
|
|
२३ पटक हेरिएको
Shares
वीरगञ्जमा ३ भारतीयमा कोरोना संक्रमण भेटियो

सारांश

  • काठमाडौं।
  • नेपालका थप ३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रहेको पुष्टि भएको छ।
  • कोरोना संक्रमित भारतीय नागरिक रहेको र उनीहरु अहिले वीरगन्जको नारायणी अस्पतालको आइसुलेसनमा रहेका छन्।

काठमाडौं। नेपालका थप ३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रहेको पुष्टि भएको छ। कोरोना संक्रमित भारतीय नागरिक रहेको र उनीहरु अहिले वीरगन्जको नारायणी अस्पतालको आइसुलेसनमा रहेका छन्।

हेटौंडामा परीक्षण गर्दा कोभिड–१९ पोजेटिभ देखिएका उनीहरुको काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पुन परीक्षण गर्दा पोजेटिभ नै देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ।

भारतको उत्तर प्रदेशका उनीहरु उनीहरु तीनैजना मुस्लिम धर्मका प्रचारक धार्मिक गुरु हुन्। उनीहरु केहीदिनअघि दिल्लीमा भएको तब्लगी जमातमा सहभागी भई फर्किएको आशंका गरिएको छ । स्थानीयका अनुसार उनीहरु ९र१० दिन पहिलादेखि वीरगन्ज–२ छपकैयाको मस्जिदमा बस्दै आएका थिए।

रुघा खोकी लागेको भन्दै मस्जिदमा रहेका ३५ जना बिहीबार आफैं वीरजन्गको नाराण्यणी अस्पताल गएका थिए । ती मध्ये शंकास्पदको स्वाबको नमूना संकलन गरी हेडौंडा पठाइएकोमा त्यहाँ ३ जनाको पोजेटिभ रिपोर्ट देखिएको अस्पतालका एक चिकित्सकले जानकारी दिएका थिए। त्यसपछि पुःन निश्चित गर्ने काठमाडौं पठाएको हो।

नारायणी अस्पतालले उनीहरुलाई अस्पतालको आइसुलेसनमा बस्न भने पनि नमानी मस्जिदमै गएको अस्पतालले जनाएको छ। हेडौंडाको परीक्षण रिपोर्ट शंकास्पद आएपछि उनीहरुलाई प्रहरीले शुक्रबार साँझ मस्जिदबाट नियन्त्रणमा लिई नारायणी अस्पतालको आइसुलेसन राखेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?