प्रदेश प्रमुखमा नेता महन्थ ठाकुरका सम्धिदेखि सिएनएनका हिरोसम्म

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ३, २०७४
|
|
१४ पटक हेरिएको
Shares
प्रदेश प्रमुखमा नेता महन्थ ठाकुरका सम्धिदेखि सिएनएनका हिरोसम्म

सारांश

  • काठमाडौं, ३ माघ ।
  • सरकारले आफ्नो तीब्र आलोचना भइरहँदा ढिलै भए पनि सात प्रदेशका प्रमुखहरु नियुक्त गरेको छ ।
  • बुधवार मन्त्रिपरिषद्ले नियुक्त गरेका प्रदेश प्रमुखमा नेताका सम्धि, कांग्रेसका नवप्रवेशीदेखि सिएनएन हिरो बनेका व्यक्तित्वहरु समेत छन् ।

काठमाडौं, ३ माघ । सरकारले आफ्नो तीब्र आलोचना भइरहँदा ढिलै भए पनि सात प्रदेशका प्रमुखहरु नियुक्त गरेको छ । बुधवार मन्त्रिपरिषद्ले नियुक्त गरेका प्रदेश प्रमुखमा नेताका सम्धि, कांग्रेसका नवप्रवेशीदेखि सिएनएन हिरो बनेका व्यक्तित्वहरु समेत छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) र माओवादी केन्द्रलाई बाहिरै राखेर प्रदेश प्रमुखहरुको नियुक्ति गरिएको छ । एकजना मधेसी नेताका सम्धिबाहेक नेपाली कांग्रेसले एकलौटीरुपमा प्रदेश प्रमुख बनाएको छ ।

को हुन् प्रदेश प्रमुखमा नियुक्त हुने भाग्यमानीहरु ?
प्रदेश नम्बर १
प्रदेश १ को प्रमुखमा डा. गोविन्द तुम्बाहाङ (सुब्बा) नियुक्त भएका छन् । उनी कांग्रेसका कार्यकर्ता नै हुन् । पञ्चायतकालमा तत्कालीन नेकपा मालेनिकट अनेरास्ववियूका कार्यकर्ता थिए । बहुदल आइसकेपछि उनी कांग्रेसमा प्रवेश गरेका हुन् । २०४९ सालको स्थानीय चुनावमा धरानको प्रमुखमा कांग्रेसबाट उम्मेदवारी दिएका सुब्बा २ सय २५ मतले पराजित भएका थिए । चुनावमा पराजित भएपछि प्राध्यापन पेशामै फर्किएका डा. सुब्बा सिनासका प्रोफेसर हुन् ।
प्रदेश नं. २
प्रदेश २ को प्रमुख बनेका रत्नेश्वर लाल कायस्थ पूर्वप्रशासक हुन् । उनी संघीय फोरमका सचिव पनि हुन् ।
प्रदेश नं. ३
प्रदेश ३ को प्रमुख बनेकी अनुराधा कोइराला माइती नेपालकी संस्थापक हुन् । सन् २०१० मा सीएनएन हिरोको उपाधि जित्न सफल भएकी अनुराधाले भारत सरकारबाट पद्मश्री सम्मानसमेत पाएकी छिन् । कोइराला चुनावको पूर्वसन्ध्यामा मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा नेपाली कांग्रेस प्रवेश गरेकी थिइन् ।
प्रदेश नं. ४
प्रदेश ४ को प्रमुख बनेका बाबुराम कुँवर पूर्वमहान्यायाधिवक्ता हुन् । कांग्रेसकै कानुन व्यवसायीहरुको संगठन डेमोक्रेटिल लयर्स एशोसिएसनका पूर्वअध्यक्ष कुँवर सुशील कोइराला सरकारको पालामा कानूनी सल्लाहकार महान्यायाधिवक्ता बनेका थिए ।
प्रदेश नं. ५
प्रदेश ५ का प्रदेश प्रमुख बनेका उमाकान्त झा पूर्वसचिव एवं खिलराज रेग्मी सरकारका मन्त्री हुन् । उनी राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरका सम्धि हुन् ।
प्रदेश नं. ६
प्रदेश ६ को प्रमुख नियुक्त भएका सुर्खेतका दुर्गाकेशर खनाल कांग्रेसका पुराना नेता हुन् ।
प्रदेश नं. ७
प्रदेश ७ का प्रमुख बनाइएका मोहनराज मल्ल पूर्व राष्ट्रिय पञ्चायत सदस्य हुन् । मल्ल केही समयअघि मात्र कांग्रेसमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मानिस किन २०० बर्षसम्म बाँच्दैन? बैज्ञानिकहरु भन्छन्-कारण हो डायनोसर
मानिस किन २०० बर्षसम्म बाँच्दैन? बैज्ञानिकहरु भन्छन्-कारण हो डायनोसर
अमेरिकी डलरमा सामान्य गिरावट, कुन मुद्रा कतिमा हुँदै छ कारोबार?
अमेरिकी डलरमा सामान्य गिरावट, कुन मुद्रा कतिमा हुँदै छ कारोबार?
राजतन्त्रको मुद्दा वैधानिक रूपमा परित्याग गर्दै पार्टी एकता गर्दै तीन राप्रपा !
राजतन्त्रको मुद्दा वैधानिक रूपमा परित्याग गर्दै पार्टी एकता गर्दै तीन राप्रपा !
आजको विनिमय दरः अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो
आजको विनिमय दरः अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो
ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीबहादुर शाही विप्लव समूहको अपहरणमा
ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीबहादुर शाही विप्लव समूहको अपहरणमा
नेपाल भ्रमण वर्षको औपचारिक शुभारम्भ
नेपाल भ्रमण वर्षको औपचारिक शुभारम्भ
भारतमा रहेका बेला देउवाविरुद्ध कांग्रेसका प्रभावशाली नेताहरूको गोप्य भेला
भारतमा रहेका बेला देउवाविरुद्ध कांग्रेसका प्रभावशाली नेताहरूको गोप्य भेला
नेपालको विदेश नीति र  अन्तर्राष्ट्रिय सम्बन्धको को मुख्य आधार राष्ट्रिय हित : प्रदीपकुमार ज्ञवाली
नेपालको विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्धको को मुख्य आधार राष्ट्रिय हित : प्रदीपकुमार ज्ञवाली
प्रतिपक्षको आवाजलाई सत्तापक्षले औषधिको रुपमा ग्रहण गर्नुपर्छ : डा. भण्डारी
प्रतिपक्षको आवाजलाई सत्तापक्षले औषधिको रुपमा ग्रहण गर्नुपर्छ : डा. भण्डारी
आजकाे राशिफल
आजकाे राशिफल

तपाईंले छुटाउनुभयो कि?