संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका आचार्यको निधन
सारांश
- काठमाडौं।
- मंगलबार दिउँसो संघीय संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ।
- कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो।
काठमाडौं। मंगलबार दिउँसो संघीय संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो। उनकाे उपचारका क्रममा बुधबार विहान निधन भएकाे प्रहरीले जनाएकाे छ।
इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय आचार्यले शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गरेका थिए। शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गर्दा इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्य गम्भीर घाइते भएका थिए।
प्रहरीले उद्धार गरेर उनलाई २० मिनेटभित्रै अस्पताल पुर्याएकाे थियाे । चिकित्सकहरूले आचार्यकाे शरीरकाे ८० प्रतिशत भाग जलिसकेकाे बताएका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया