भारतको पुरानै अडानका कारण सीमा विवाद वार्ता अनिश्चित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ २९, २०७७
|
|
१९ पटक हेरिएको
Shares
भारतको पुरानै अडानका कारण सीमा विवाद वार्ता अनिश्चित

सारांश

  • नेपालले भारतसँग सिमा विवाद समाधानका लागि वार्ताको बारम्बार पहल गरेपनि भारतको पुरानै अडान दोहोरिएको छ ।
  • उसले वार्ताका लागि वातावरण बनाउनुपर्नेमा जोड दिएको छ ।
  • तर, त्यस्तो वातावरण के हो स्पष्ट छैन ।

नेपालले भारतसँग सिमा विवाद समाधानका लागि वार्ताको बारम्बार पहल गरेपनि भारतको पुरानै अडान दोहोरिएको छ । उसले वार्ताका लागि वातावरण बनाउनुपर्नेमा जोड दिएको छ । तर, त्यस्तो वातावरण के हो स्पष्ट छैन ।

आज भारतको विदेश मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अनुराग श्रीवास्तवले वार्ताका लागि सकारात्मक र रचनात्मक वातावरण बनाउनुपर्ने दोहोराएका छन् । यसअघि पनि उनले सकारात्मक र रचनात्मक पहलको आवश्यकतामा जोड दिएका थिए ।

नेपाल र भारतबीच बढेको तनावबारे पत्रकारले सोधेको प्रश्नमा श्रीवास्तवले भने, ‘सिमा विवादबारे भारतले यसअघि नै धारणा प्रष्ट पारिसकेको छ ।’ उनले यसअघि जस्तै नेपालले कुटनीतिक संवादका लागि अनुकूल वातावरण निर्माणमा भुमिका खेल्न भनेका थिए ।

भारतले नेपालले नयाँ नक्शा जारी गरेपछि आधिकारिक धारणा सार्वजनिक गर्दै त्यो मान्य नहुने बताएको थियो । उसले वार्ताका लागि सकारात्मक र रचनात्मक पहलको आग्रह गरेको थियो ।

सिमा विवादपछि नेपालले भारतसँग गत वर्षको कात्तिकयता वार्ताका लागि कुटनीतिक पहल गर्दै आएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले खुलाएका थिए ।(

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?