मसालले काठमाडौं १० मा हितमानलाई समर्थन गर्ने

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १७, २०७४
|
|
४६ पटक हेरिएको
Shares
मसालले काठमाडौं १०  मा हितमानलाई समर्थन गर्ने

सारांश

  • १७ मंसिर, काठमाडौं ।
  • काठमाडौंमा क्षेत्र नं.
  • १०  मा राष्ट्रिय जनमोर्चाले वाम गठबन्धनका उम्मेदवारलाई समर्थन गरेको छ ।

१७ मंसिर, काठमाडौं । काठमाडौंमा क्षेत्र नं. १०  मा राष्ट्रिय जनमोर्चाले वाम गठबन्धनका उम्मेदवारलाई समर्थन गरेको छ । राष्ट्रिय जनमोर्चा नेकपा मसालको मुल्ला मोर्चा हो।

क्षेत्र नं. १० मा वाम गठबन्धनका प्रतिनिधिसभातर्फका उम्मेदवार माओवादी केन्द्रका हितमान शाक्यलाई आफूले समर्थन गरेको राष्ट्रिय जनमोर्चाका उम्मेदवार गणेश कुँवरले जानकारी दिए ।

यस्तै प्रदेशसभातर्फ ‘क’ मा वाम गठबन्धनका दिलिप महर्जन र ‘ख’ मा रमा आलेलाई समर्थन गरिएको समानुपातिक उम्मेदवार रोशन दानीले जानकारी दिए ।

जनमोर्चाका तर्फबाट प्रदेश ‘क’ मा केदार दुलाल र ‘ख’ मा मनहरी बलामी उम्मेदवार थिए ।

जनमोर्चाले प्रत्यक्षतर्फ वाम गठबन्धनलार्इ समर्थन गरेपनि समानुपातिकका लागि भने गिलासमा भोट अपील गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?