आज गणतन्त्र दिवस, संविधानको दायित्व पूरा गर्नमा राष्ट्रपतिको जोड

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १५, २०७५
|
|
३८ पटक हेरिएको
Shares
आज गणतन्त्र दिवस, संविधानको दायित्व पूरा गर्नमा राष्ट्रपतिको जोड

सारांश

  • काठमाडौँ, १५ जेठ – आज गणतन्त्र दिवस ।
  • गणतन्त्र स्थापना भएको १० वर्ष पुगको छ ।
  • २०६५ साल जेठ १५ गते तत्कालीन सरकारले गणतन्त्रको घोषणा गरेको थियो ।

काठमाडौँ, १५ जेठ – आज गणतन्त्र दिवस । गणतन्त्र स्थापना भएको १० वर्ष पुगको छ । २०६५ साल जेठ १५ गते तत्कालीन सरकारले गणतन्त्रको घोषणा गरेको थियो । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनले शुभकामना दिएका छन् ।

राष्ट्रपति भण्डारीले सबै नेपालीलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता प्रवद्र्धन र समृद्ध राष्ट्र निर्माणमा एक जुट हुन प्रेरणा प्रदान गर्न सकोस् भन्ने शुभकामना दिएकी छिन् ।

गणतन्त्र दिवसका अवसरमा आज दिएको शुभकामना सन्देशमा जनभावनाको कदर गर्दै संविधान, कानुनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न कटिबद्ध हुनुपर्नेमा जोड दिइएको छ । सन्देशमा भनिएको छ, ‘मुलुकमा सुदृढ शान्ति कायम गर्ने, राजनीतिक स्थायित्व हासिल गर्ने र आर्थिक विकास गर्ने नेपाली जनताको उत्कृष्ट चाहनालाई साकार पार्ने अवसर प्राप्त भएको छ ।’

त्यसैगरी, गणतन्त्र दिवसको अवसरमा उपराष्ट्रपति पुनले गणतन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका जनआन्दोलन, सशस्त्र संघर्ष, जनयुद्व र २०६२/६३ को ऐतिहासिक जनआन्दोलनमा जीवन बलिदान दिने सम्पूर्ण शहीदलाई श्रद्धाञ्जली अर्पण गर्दै संघर्षका क्रममा घाइते हुनुभएका योद्धाको स्वाथ्यलाभको कामना गरेका छन् ।

उपराष्ट्रपति पुनले प्रत्येक नेपालीको आर्थिक – सामाजिक रुपान्तरणसहितको समुन्नत र समृद्व नेपाल निर्माणमा राष्ट्रको ध्यान केन्द्रित हुनुपर्ने बताउँदै भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई सुदृढ गर्न तथा देशलाई आर्थिक विकासको मार्गमा अगाडि बढाउन गणतन्त्र दिवसले प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Sanjaya Agyat

    जनता बिष्फाेट हुने दिन?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?