निजी विद्यालय र मन्टेश्वरीलगायत शैक्षिक संस्थाहरुलेे शिक्षाको नाममा व्यापार

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र २६, २०७३
|
|
३०१ पटक हेरिएको
Shares
निजी विद्यालय र मन्टेश्वरीलगायत शैक्षिक संस्थाहरुलेे शिक्षाको नाममा व्यापार

सारांश

  • निजी विद्यालय र मन्टेश्वरीलगायत शैक्षिक संस्थाहरुलेे शिक्षाको नाममा व्यापार गरेको भन्दै विद्यार्थी संगठनहरुले तत्काल मनपरी रोक्न सरोकारवालाहरूलाई आग्रह गरेका छन् ।
  • नेवि संघ केन्द्रीय कार्यालयमा शनिबार बसेको प्रमुख ६ विद्यार्थी संगठनको बैठकले निजी शैक्षिक संस्थाको मनपरीमाथि आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
  • ६ विद्यार्थी संगठनका नेताहरुद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा मोन्टेश्वरीले मासिक एक लाख बढी शुल्क उठाएको, निजी शैक्षिक संस्थाले सरकारले तोकेको शुल्कको मापदण्डभन्दा बढी उठाएको, पुस्तक, पोसाक र शैक्षिक सामग्रीमा सिन्डीकेट लादेको उल्लेख गर्दै तत्काल यस्तो रवैया रोक्न सरकारसँग माग गरिएको छ ।

निजी विद्यालय र मन्टेश्वरीलगायत शैक्षिक संस्थाहरुलेे शिक्षाको नाममा व्यापार गरेको भन्दै विद्यार्थी संगठनहरुले तत्काल मनपरी रोक्न सरोकारवालाहरूलाई आग्रह गरेका छन् ।

नेवि संघ केन्द्रीय कार्यालयमा शनिबार बसेको प्रमुख ६ विद्यार्थी संगठनको बैठकले निजी शैक्षिक संस्थाको मनपरीमाथि आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

६ विद्यार्थी संगठनका नेताहरुद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा मोन्टेश्वरीले मासिक एक लाख बढी शुल्क उठाएको, निजी शैक्षिक संस्थाले सरकारले तोकेको शुल्कको मापदण्डभन्दा बढी उठाएको, पुस्तक, पोसाक र शैक्षिक सामग्रीमा सिन्डीकेट लादेको उल्लेख गर्दै तत्काल यस्तो रवैया रोक्न सरकारसँग माग गरिएको छ । ‘नयाँ शैक्षिक सत्र सुरु हुन लागिरहेका बेला निजी शिक्षण संस्थाहरुले भर्नाका नाममा मनपरी शुल्क तोक्ने गरेको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ नेवि संघ अध्यक्ष नैनसिंह महर, अनेरास्ववियूकी कार्यवाहक अध्यक्ष रस्मि आचार्य, अखिल क्रान्तिकारीका उपाध्यक्ष विजयदेव भट्टराईलगायत ६ विद्यार्थी संगठनका नेताद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्ता मनपरी रोक्न सम्बन्धित सबैलाई अपिल गर्दछौं ।’

बैठकले दूरदराजका गाउँमा हुने पुस्तक अभाबलाई समयमै निराकरण गर्नसमेत माग गरेको छ ।

सरकारी छात्रावृत्ति पारदर्शी रुपमा बाँड्न, अवैधानिक रुपमा खोलिएका शैक्षिक संस्थाको पहिचान गरी त्यस्ता शैक्षिक संस्था तत्काल बन्द गर्न र विना तयारी र पूर्वाधार थालिएको त्रिविको सेमेस्टर प्रणाली खारेज गर्न पनि विद्यार्थीहरुले माग गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?