भक्तपुरमा क्वारेन्टिनमा बसेका ८ कोरोना संक्रमित कुवेतबाट फर्किएका

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ७, २०७७
|
|
२४ पटक हेरिएको
Shares
भक्तपुरमा क्वारेन्टिनमा बसेका ८ कोरोना संक्रमित कुवेतबाट फर्किएका

सारांश

  • भक्तपुर ।
  • भक्तपुर भनिएका आठैजना कोरोना भाइरस संक्रमित हालै कुवेतबाट फर्किएका महिला भएको पुष्टि भएको छ।
  • कुवेतबाट फर्किएपछि भक्तपुरको चाँगुनारायण नगरपालिका ७ खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो।

भक्तपुर । भक्तपुर भनिएका आठैजना कोरोना भाइरस संक्रमित हालै कुवेतबाट फर्किएका महिला भएको पुष्टि भएको छ।

कुवेतबाट फर्किएपछि भक्तपुरको चाँगुनारायण नगरपालिका ७ खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयको शनिबार भएको नियमित पत्रकार सम्मेलनमा भक्तपुर तोकिएर सातजनामा कोरोना संक्रमण भएको बताएको थियो तर खरिपाटी क्वारेन्टाइनमा रहेका कुवेतबाट फर्किएका आठजानमा संक्रमण पुष्टि भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए।

उनका अनुसार कास्की घर भएकी २३ वर्षीया, बारा र सुर्खेत निवासी २८ वर्षीया महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। त्यस्तै नवलपरासी घर भएका २९ र ३३ वर्षीया, मोरङ निवासी ४१ र ४२ वर्षीया तथा झापा निवासी ३७ वर्षीया महिलामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रहरी उपरीक्षक प्रधानले बताए।

यससँगै खरिपाटी क्वारेन्टाइनमा रहेका नौ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यसअघि खरिपाटी क्वारेन्टाइनमा रहेकै नवलपुरको गैंडाकोट निवासी २२ वर्षीया महिलामा कोरोना संक्रमण भएको बिहीबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको थियो।

कुवेतबाट नेपाल आएकामध्ये प्रदेश १ र २ का एकसय नौ जनालाई भक्तपुरस्थित होल्डिङ सेन्टर पठाएको थियो। होल्डिङ सेन्टरमा स्वास्थ्य जाँच गर्दा अधिकांशको शरीरको तापक्रम बढी देखिएप्छि उनीहरुलाई खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको थियो।

ललितपुर पठाइएका ४५ जना कुवेतबाट फर्किएकामध्ये पनि अहिलेसम्म १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरिसकेको छ। कोरोना संक्रमण पुष्टि भएका महिलालाई उपचारका लागि राजधानीका विभिन्न अस्पतालमा पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । अन्नपुर्ण पोष्टबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?