ओलीको अडान र विरोधीको पेलान, अब के होला ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २३, २०७७
|
|
१८ पटक हेरिएको
Shares
ओलीको अडान र विरोधीको पेलान, अब के होला ?

सारांश

  • काठमाडौं, २३ असार ।
  • प्रधानमन्त्री केपी शर्मा ओली सत्ता नछाड्ने, उनका विरोधी हटाइछाड्ने ।
  • दुवै टसमस भएका छैनन् ।

काठमाडौं, २३ असार । प्रधानमन्त्री केपी शर्मा ओली सत्ता नछाड्ने, उनका विरोधी हटाइछाड्ने । दुवै टसमस भएका छैनन् । तैपनि एकजुट भएका सचिवालयका छ सदस्यको एकता टुटेको छैन । ओलीले लाख प्रयास गर्दा पनि उनीहरुको एकता नटुटेको हो ।

पार्टी फट्नबाट जोगाउन पटक पटक स्थायी कमिटी बैठक स्थगित गरी सहमतिको प्रयास भएको छ । आज पनि ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गम्भीर वार्ता गरे । तर, सहमतिको बिन्दु निस्किएन ।

ओलीले विरोधी फुटाउन प्रचण्ड, माधव नेपाल र बामदेव गौतमलाई विभिन्न प्रस्ताव राखे । तर, उनीहरु आकर्षित भएनन् । सत्ता छाड्नुपर्ने अडानमा रहिरहे । ओली गल्न मानेका छैनन् । अडान कसेर बसेका छन् । विरोधीको पेलान बढेको छ ।पछिल्लो समय चिनियाँ राजदुत होउ यान्छीको दौडधुप चलेको छ । उनले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाललाई निवासमै पुगेर भेटेकी छिन् । यान्छीले नेकपालाई फुट्न नदिन सुझाव दिएको बुझिएको छ । उनले ओलीको सत्ता टिकाउन भुमिका खेलेको चर्चा छ । विगतमा पनि ओली संकटमा पर्दा यान्छी सक्रिय भएकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?