डडेल्धुरामा निकालियो देउवाकाे अनुपस्थितिमै विजय र्‍याली

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २४, २०७४
|
|
२९ पटक हेरिएको
Shares
डडेल्धुरामा निकालियो देउवाकाे अनुपस्थितिमै विजय र्‍याली

सारांश

  • डडेल्धुरामा प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधि सभा सदस्य निर्वाचित भएपछि डडेल्धुरा जिल्लामा विजयी र्‍याली निकालिएको छ ।
  • देउवा प्रतिनिध सभा र डडेल्धुराका पार्टी सभापति कर्णबहादुर मल्ल प्रदेश (ख) मा निर्वाचित भएपछि डडेल्धुरा कांग्रेसले विजयी र्‍याली निकाली कोण सभा गरे ।
  • डडेल्धुराका सभापति एवं निर्वाचित (ख) उम्मेदवार कर्णबहादु मल्लले निर्वाचनका क्रममा कांग्रेसले गरेको प्रतिवद्वता पूर्ण रुपमा लागु गर्ने र जनाताको घर दैलोमै आएर धन्यवाद समेत दिने बताए ।

डडेल्धुरामा प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधि सभा सदस्य निर्वाचित भएपछि डडेल्धुरा जिल्लामा विजयी र्‍याली निकालिएको छ ।

देउवा प्रतिनिध सभा र डडेल्धुराका पार्टी सभापति कर्णबहादुर मल्ल प्रदेश (ख) मा निर्वाचित भएपछि डडेल्धुरा कांग्रेसले विजयी र्‍याली निकाली कोण सभा गरे ।

डडेल्धुराका सभापति एवं निर्वाचित (ख) उम्मेदवार कर्णबहादु मल्लले निर्वाचनका क्रममा कांग्रेसले गरेको प्रतिवद्वता पूर्ण रुपमा लागु गर्ने र जनाताको घर दैलोमै आएर धन्यवाद समेत दिने बताए । डडेल्धुरा जिल्ला सदमुकाम तुफानडाँडाबाट सुरु भएको विवयी र्‍याली बागबजार हुदै बस पार्कमा समापन भएको थियो ।

देउवाको वायोग्राफी

कांग्रेसका सभापति एवं डडेल्धुरा जिल्लाबाट ६ आैँ नवनिर्वाचित नेता शेरबहादुर देउवाको जन्म २००४ जेठ ३० गते गन्यपधुरा गाउँपालिका रुवाखोला, १ डडेल्धुरामा भएको हो ।
हाल उनी बूढानीलकण्ठ नगरपालिका–१ भद्रकालीमा बसोबास गर्दै आएका छन् ।

बाल्यकालदेखि नै राजनीतिमा चासो राख्ने नवनिर्वाचित प्रतिनिधि सभा देउवा पार्टी संस्थापक नेता विपी कोइरालाको राजनीतिक प्रेरणाबाट सक्रिय विद्यार्थी राजनीतिमा होमिएका हुन् ।

वि.सं. २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा प्रथम जननिर्वाचित सरकार अपदस्थ गरिएपछि नेता देउवा कांग्रेसको सक्रिय राजनीतिमा प्रवेश गरेका हुन् ।

प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा नेपाल विद्यार्थी सङ्घका संस्थापक सभापति हुन् ।

त्रिविबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा पनि स्नातक देउवा सोही विषयमा लन्डन स्कुल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसकेका छन् ।

पिता प्रसादसिंह देउवा र माता द्रौपतीदेवी देउवाका जेठा छोरा हुन् ।

देउवा वि.सं. २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा एउटै निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट अधिक मतान्तरमा निर्वाचित भए ।

वि.सं. २०६४ र २०७० मा भएको संविधानसभाको निर्वाचनमा पनि डडेल्धुरा र कञ्चनपुर जिल्लाको क्षेत्र नं ५ बाट विजयी देउवाले वि.सं. २०४८ देखि २०५१ सम्म गृहमन्त्री र ४ पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । हाल पनि प्रधनान्त्री छन् ।

यसअघि २०५१ मा भएको मध्यावधी चुनावपछि उनी पहिलोपटक कांग्रेस संसदीय दलको नेता निर्वाचित भएका थिए ।

०५१ मा एमालेका तत्कालिन अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा गठित पहिलो कम्युनिस्ट सरकार वि.सं. २०५२ मा ढलेपछि उनी पहिलोपटक नेपालको प्रधानमन्त्री बनेका थिए ।

वि.सं. २०५८ मा दोस्रोपटक प्रधानमन्त्री भएका देउवा २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रबाट चुनाव गराउन असक्षम भनी प्रधानमन्त्री पदबाट बर्खास्त भएका थिए । २०७३ साल मा पूनः प्रधानमन्त्री भए ।

बर्खास्त भएको दुई वर्षपछि २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्रबाट पूनः प्रधानमन्त्री बनाइएका नेता देउवा २०६१ माघ १९ गते प्रधानमन्त्री पदबाट बर्खास्ती भई नजरबन्दमा परेका थिए ।

राजा ज्ञानेन्द्रको यो कदमपछि संसदीय राजनीतिमा सक्रिय राजनीतिक दल र सशस्त्र युद्धरत माओवादीबीच सहकार्यको वातावरण बनेको थियो ।

२०५९ जेठ ८ मा संसदीय दलको नेता एवं प्रधानमन्त्री रहेका बेला नेता देउवाले संसद् विघटन गरेपछि कांग्रेस विभाजन भएको थियो ।

कांग्रेसको विभाजनपछि उनी नेपाली काँग्रेस प्रजातान्त्रिकको सभापति बनेका थिए । नेपाली कांग्रेस र कांग्रेस प्रजातान्त्रिकको २०६३ मा एकतापछि उनी नेपाली कांग्रेसको वरिष्ठ नेता भए ।

 

उनी अहिले डडेल्धुरा जिल्लाबाट ६औँ पटक प्रतिनिधि सभामा निर्वाचित भए । डडेल्धुरामा वाम गठबन्धनका साझा उम्मेदबार तथा माओवादी केन्द्रका केन्दीय सचिवालय सदस्य खगराज भट्ट करिब ६ हजा ९२९ मतले पराजित भए ।

डडेल्धुरा जिल्लामा रहेका कुल मतदाता संख्या ८१ हजार ७३२ मध्ये खसेको मत ५३ हजार २०१ र सदर मत ५० हजार ३१५ मत मध्ये देउवाले २८ हजार ४४ मत प्रप्त गरेका थिए ।

 

उनका निटतम प्रतिद्वन्दी वाम गठबन्धनका उम्मेदबार भट्टले २१ हजार ११५ मत पाएका थिए । यस्तै राष्टिय जनमोर्चाका ललाबहादु जाग्रीले १०३ मत, दलित पार्टीका रमेश ताम्राकारले ८२ मत, राट्रिय मुक्ति आन्दोलका लक्ष्मीदत्त भट्टले ८३८ र स्वतन्त्रका कर्णसिंह रावलले १३४ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

न्यायाधीश शर्माका विरुद्ध गंगामायाको उजुरी
न्यायाधीश शर्माका विरुद्ध गंगामायाको उजुरी
अमेरिकी डलरको भाउ घट्दा यूरोको बढ्यो, अन्य विदेशी मुद्राको यस्तो छ बिनिमय दर
अमेरिकी डलरको भाउ घट्दा यूरोको बढ्यो, अन्य विदेशी मुद्राको यस्तो छ बिनिमय दर
आजको विश्वकप फुटबलमा यी ८ देश भिड्दै
आजको विश्वकप फुटबलमा यी ८ देश भिड्दै
गास कटाएर दक्षिण कोरियाका नेपालीद्वारा अस्पताललाई एम्बुलेन्स
गास कटाएर दक्षिण कोरियाका नेपालीद्वारा अस्पताललाई एम्बुलेन्स
आज बिजोर नम्बरका सवारी मात्र चल्ने
आज बिजोर नम्बरका सवारी मात्र चल्ने
प्रोस्टेट ग्रन्थीको कारणले पिसाब नलीलाई साँघुरो बनाउने सम्भावना
प्रोस्टेट ग्रन्थीको कारणले पिसाब नलीलाई साँघुरो बनाउने सम्भावना
भारतसँगको सहकार्य कार्यान्वयनका लागि संयन्त्र सक्रियः अध्यक्ष प्रचण्ड
भारतसँगको सहकार्य कार्यान्वयनका लागि संयन्त्र सक्रियः अध्यक्ष प्रचण्ड
ओखलढुंगामा निर्वाचनका लागि एक हजार १२८ कर्मचारी खटाइने
ओखलढुंगामा निर्वाचनका लागि एक हजार १२८ कर्मचारी खटाइने
उपनिर्वाचनः इलाम–२ मा १६ जना उम्मेदवारको जमानत जफत
उपनिर्वाचनः इलाम–२ मा १६ जना उम्मेदवारको जमानत जफत
प्रतिबन्धित ५०० र १००० का नोटहरुमा राखिएको सुरक्षा वायरलाई नक्कली नोटमा लगाएर नयाँ बनाइदै तस्कर !
प्रतिबन्धित ५०० र १००० का नोटहरुमा राखिएको सुरक्षा वायरलाई नक्कली नोटमा लगाएर नयाँ बनाइदै तस्कर !

तपाईंले छुटाउनुभयो कि?