एमाले–माओवादीभित्र गुट–उपगुट छ त्यसको अन्त्य गर्छौं : नेता श्रेष्ठ

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १३, २०७४
|
|
४० पटक हेरिएको
Shares
एमाले–माओवादीभित्र गुट–उपगुट छ त्यसको अन्त्य गर्छौं : नेता श्रेष्ठ

सारांश

  • काठमाडौं, १३ माघ ।
  • नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमाले–माओवादीभित्र गुट–उपगुट रहेको र त्यसको अन्त्य गर्ने बताएका छन् ।
  • शनिबार गोरखा सदरमुकामस्थित एमाले पार्टी कार्यालयमा दुवै पार्टीका कार्यकर्ताहरूसँग संयूक्त रूपमा चुनावी समीक्षा गर्दै श्रेष्ठले यस्तो बताएका हुन् ।

काठमाडौं, १३ माघ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमाले–माओवादीभित्र गुट–उपगुट रहेको र त्यसको अन्त्य गर्ने बताएका छन् ।

शनिबार गोरखा सदरमुकामस्थित एमाले पार्टी कार्यालयमा दुवै पार्टीका कार्यकर्ताहरूसँग संयूक्त रूपमा चुनावी समीक्षा गर्दै श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले विभिन्न संगठनको समायोजन कसरी गर्ने भन्ने तयारीमा दुवै पार्टीभित्र छलफल भएको बताए । सरकार गठन पहिले नै श्रेष्ठले एमालेसँग पार्टी एकता हुने विश्वास दिए ।

‘फागुनमा नयाँ सरकार बनाउने तयारी त छँदैछ । गोरखालाई लालकिल्ला त बनाउन त सकिएन । तर संघीय सरकार र प्रादेशिक सरकार वाम गठबन्धनकै बन्ने पक्का छ’, उनले भने, ‘म पार्टी एकता संयोजन समितिको पनि भएकोले के भन्छु भने फागुनमा दुई पार्टीको एकता भएको घोषणा गरेर सरकार गठन प्रक्रियाका साथ हामी गृहकार्य गरिरहेका छौँ ।’

उनले पार्टी एक हुन नदिन र भाँड्न विभिन्न शक्तिहरूले लागेको बताए । ‘हामी एक हुन नदिन यसलाई भत्काउन, भाँड्न विभिन्न शक्तिहरू लागि परेका छन् । तर हामी पार्टी एक गरेरै शहिद र जनताको सपना पूरा गरेर समृद्ध नेपाल बनाउने नै छौँ’ श्रेष्ठले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिआइपी सम्मान २५ व्यवसायीलाई
सिआइपी सम्मान २५ व्यवसायीलाई
मुख्यमन्त्री जनता स्वास्थ्यपरीक्षण कार्यक्रम शुरु
मुख्यमन्त्री जनता स्वास्थ्यपरीक्षण कार्यक्रम शुरु
बालविवाह न्यूनीकरण गर्ने प्रतिबद्धता जनाएर मात्र भर्ना
बालविवाह न्यूनीकरण गर्ने प्रतिबद्धता जनाएर मात्र भर्ना
सर्वोच्च अदालतको आदेश प्राप्त नै भएको छैन, प्रत्यक्षतर्फको मतपत्रको छपाइ शुरु भैसक्यो -प्रमुखनिर्वाचन आयुक्त यादव
सर्वोच्च अदालतको आदेश प्राप्त नै भएको छैन, प्रत्यक्षतर्फको मतपत्रको छपाइ शुरु भैसक्यो -प्रमुखनिर्वाचन आयुक्त यादव
इलाम र भोजपुरमा पनि एमाले नै अगाडी फेरी जित्यो दुई गाउपलिका
इलाम र भोजपुरमा पनि एमाले नै अगाडी फेरी जित्यो दुई गाउपलिका
देउवाले चुनाव सार्ने तयारी गरेको सूचना पाएपछि माओवादीले गर्‍यो सरकार नछोड्ने निर्णय
देउवाले चुनाव सार्ने तयारी गरेको सूचना पाएपछि माओवादीले गर्‍यो सरकार नछोड्ने निर्णय
मन्त्री भएको ६ महिनामा के के गरे ऊर्जामन्त्री पुनले ?
मन्त्री भएको ६ महिनामा के के गरे ऊर्जामन्त्री पुनले ?
प्रचण्ड र मोदीबीच भेटवार्ता : सगरमाथाको पानी मिनरल वाटरको रुपमा विश्वभरि लैजान सहकार्य
प्रचण्ड र मोदीबीच भेटवार्ता : सगरमाथाको पानी मिनरल वाटरको रुपमा विश्वभरि लैजान सहकार्य
टीकाकाे भाेलिपल्ट आन्तरिक हवाई भाडादर सार्वजनिक
टीकाकाे भाेलिपल्ट आन्तरिक हवाई भाडादर सार्वजनिक
नेप्से परिसूचकमा १५ दशमलव ७६ अङ्कको गिरावट
नेप्से परिसूचकमा १५ दशमलव ७६ अङ्कको गिरावट