बुधवार २५५ कोरोना संक्रमित थपिए
सारांश
- देशमा आज २ सय ५५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
- योसँगै कुल संक्रमित संख्या १६ हजार ४ सय २३ पुगेको छ ।
- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.
देशमा आज २ सय ५५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या १६ हजार ४ सय २३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितबारे जानकारी दिएका हुन् । हालसम्म कोरोना संक्रमितहरु उपचारपश्चात निको भएर ७ हजार ७ सय ५२ घर फर्केका छन् । पुर्वका तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्ला जिल्ला कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया