६२ रोहिंज्या शरणार्थी स्वदेश फिर्ता

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १४, २०७५
|
|
२४ पटक हेरिएको
Shares
६२ रोहिंज्या शरणार्थी स्वदेश फिर्ता

सारांश

  • म्यान्मार, १३ जेठ ।
  • गत वर्ष घरेलु द्वन्द्वका कारण देश छाडेर बंगलादेश पुगेका रोहिंज्या स्वदेश फिर्ता हुने क्रम सुरु भएको छ ।
  • म्यानमारले बंगलादेशमा शरणार्थीका रुपमा रहेका ६२ रोहिंज्या मुसलमान समूदायलाई रखाइन राज्यस्थित खुया शिविरमा स्वागत गरेको हो फिर्ता भएका रोहिंज्या शरणार्थीमध्ये ५८ जना म्यानमारका राष्ट्रपतिद्वारा कैदी जीवन मिनाहामा परेका व्यक्ति रहेका छन् भने चार जना जेलबाट रिहा भएका व्यक्ति रहेका छन् ।

म्यान्मार, १३ जेठ । गत वर्ष घरेलु द्वन्द्वका कारण देश छाडेर बंगलादेश पुगेका रोहिंज्या स्वदेश फिर्ता हुने क्रम सुरु भएको छ ।

म्यानमारले बंगलादेशमा शरणार्थीका रुपमा रहेका ६२ रोहिंज्या मुसलमान समूदायलाई रखाइन राज्यस्थित खुया शिविरमा स्वागत गरेको हो

फिर्ता भएका रोहिंज्या शरणार्थीमध्ये ५८ जना म्यानमारका राष्ट्रपतिद्वारा कैदी जीवन मिनाहामा परेका व्यक्ति रहेका छन् भने चार जना जेलबाट रिहा भएका व्यक्ति रहेका छन् ।

उनीहरू केही समय पहिले सरकारी प्रक्रियालाई वेवास्ता गर्दै आफ्नै तहबाट स्वदेश फर्केका भएपनि म्यान्मार पुगेपछि पक्राउ परेपछि उनीहरूलाई जेलमा राखिएको थियो ।

तर राष्ट्रपतिले उनीहरूलाई कैदी जीवन क्षमादान दिनुभएपछि शनिबार उनीहरूलाई रखाइनको शिविरमा पु¥याइएको थियो ।
म्यानमार–बङ्गलादेश सहमति अनुसार फिर्ता भएका रोहिंज्या समुदायका केही व्यक्तिलाई आवश्यक प्रमाणीकरण प्रक्रियापछि ह्लाफो खाउङ शरणार्थी शिविरमा लगिने छ, महाबाणिज्यदूतावासको कार्यालयले जारी विज्ञप्तिमा भनिएको छ ।
म्यानमार र बङ्गलादेशबीच रखाइन राज्यबाट विस्थापित भई शरणार्थीका रूपमा बङ्गलादेशको विभिन्न क्षेत्रमा बसोबास गर्दै आएका रोहिंज्या समुदायलाई फिर्ता गराउन गत वर्षको नोभेम्बर २३ मा सम्झौता भएको थियो ।

म्यानमारले प्रमाणीकरण प्रक्रिया पुरा गरी फिर्ता हुने रोहिंज्या शरणार्थीलाई दुई छुट्टै शिविरमार्फत भित्राउने व्यवस्था गरेको छ ।
गतवर्ष अराकन रोहिंज्या मुक्ति सेनाले गत वर्षको अगष्ट २५ मा रखाइन राज्यस्थित प्रहरी चौकीहरूमा आक्रमण गरेपछि सरकारी पक्षबाट भएको कारबाही छल्दै ठूलो सङ्ख्यामा रोहिंज्या समुदायका युवा तथा बालबालिकाहरू बङ्गलादेश पुगेका थिए । सञ्चारमाध्यमले जनाए अनुसार म्यान्मारबाट करिब सात लाख नागरिक विस्थापित बनेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?