किन बोलाए राजपाका शीर्ष नेतालाई प्रधानमन्त्रीले सिंहदरबार ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ २७, २०७४
|
|
३२ पटक हेरिएको
Shares
किन बोलाए राजपाका शीर्ष नेतालाई प्रधानमन्त्रीले सिंहदरबार ?

सारांश

  • काठमाडौं ।
  • माग पूरा नभई चुनावमा नजाने अडान लिँदै आएका राष्ट्रिय जनता पार्टीका शीर्ष नेतालाई प्रधानमन्त्री शेरबहादुर देउवाले वार्ताका लागि बोलाएका छन् ।
  • सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा देउवाले साढे ११ बजेका लागि राजपा नेताहरुलाई छलफलमा बोलाएका हुन् ।

काठमाडौं । माग पूरा नभई चुनावमा नजाने अडान लिँदै आएका राष्ट्रिय जनता पार्टीका शीर्ष नेतालाई प्रधानमन्त्री शेरबहादुर देउवाले वार्ताका लागि बोलाएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा देउवाले साढे ११ बजेका लागि राजपा नेताहरुलाई छलफलमा बोलाएका हुन् ।

राजपाले संविधान संशोधन नभई स्थानीय तहको दोस्रो चरणको चुनावमा पनि भाग नलिने चेतावनी दिँदै आइरहेको छ । देउवाले राजपा नेताहरुलाई चुनावमा जाने वातावरण बनाउने आश्वासन दिइसकेका छन ।

संविधान संशोधन भने स्थानीय चुनावपछि मात्र हुने उनले शुक्रबारै संसद बैठकलाई सम्बोधन गर्ने क्रममा प्रष्ट पारिसकेका छन् । चुनावपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेको समेत समर्थन लिएर संविधान संशोधन गर्ने आश्वासन देउवाले दिएका छन् ।

केही दिनअघिसम्म दोस्रो चरणको निर्वाचनपछि संविधान संशोधनको प्रक्रिया सुरु गर्न सहमत रहेको राजपाले फेरि पुरानै मागमा अडान राख्न थालेको हो ।

दोस्रो चरणको निर्वाचनपछि संविधान संशोधन गर्ने सहमतिका आधारमा राजपा प्रधानमन्त्री निर्वाचनमा शेरबहादुर देउवालाई मतदान गर्न आएको थियो । तर, उसले शुक्रबारबाट एक्कासि संशोधनलाई न्यूनतम अडानका रूपमा लिन थालेको हो ।

राजपाले भन्दै आएको मुद्दा फिर्ता, शहीद घोषणालगायतका काम सरकारले गरिरहेको र बाँकी काम पनि चुनावअघि नै गर्ने देउवाले बताएका छन् । राजपालाई चुनावमा आउन प्राविधिक समस्या समाधानकै लागि संसदले स्थानीय तह निर्वाचन ऐनमा संशोधन गरिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विप्लव नेतृत्वको नेकपाबाट चलाउने, जन्मदेवसहित ५ पत्रकार निष्काशित
विप्लव नेतृत्वको नेकपाबाट चलाउने, जन्मदेवसहित ५ पत्रकार निष्काशित
प्रधानमन्त्री ओलीले आज पेकिङ विश्वविद्यालयमा प्रवचन दिने
प्रधानमन्त्री ओलीले आज पेकिङ विश्वविद्यालयमा प्रवचन दिने
”धेरै टाढा” बाट पाच बर्षमा फर्किए मदन
”धेरै टाढा” बाट पाच बर्षमा फर्किए मदन
ऋषि धमलालाई साझा उम्मेद्धवार बनाउन प्रयास गरिरहेका छौं : राजपा नेपाल
ऋषि धमलालाई साझा उम्मेद्धवार बनाउन प्रयास गरिरहेका छौं : राजपा नेपाल
बालेन्द्र साहलाई सिंहदरवारको फोहोर उठाउन सर्वोच्चको आदेश
बालेन्द्र साहलाई सिंहदरवारको फोहोर उठाउन सर्वोच्चको आदेश
गास कटाएर कुवेतबाट दिलबहादुर घर्तीलाई बचाउन १ लाख २७ हजार सहयोग
गास कटाएर कुवेतबाट दिलबहादुर घर्तीलाई बचाउन १ लाख २७ हजार सहयोग
लिच्छविकालीन इतिहास खोज्दै एमाले महासचिव शताब्दी पुरुषको निवासमा
लिच्छविकालीन इतिहास खोज्दै एमाले महासचिव शताब्दी पुरुषको निवासमा
अध्यक्ष प्रचण्ड, उपराष्ट्रपति पुन र मुख्यमन्त्री शाहीको चीनतिर किन लर्को ?
अध्यक्ष प्रचण्ड, उपराष्ट्रपति पुन र मुख्यमन्त्री शाहीको चीनतिर किन लर्को ?
तालमेलका आधारमा प्रचण्डद्वारा रुखलाइ भोट !!!
तालमेलका आधारमा प्रचण्डद्वारा रुखलाइ भोट !!!
नसर्ने रोगको अवस्था भयावह
नसर्ने रोगको अवस्था भयावह

तपाईंले छुटाउनुभयो कि?