प्रहरी हिरासतमा रहेका एकजनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन १७, २०७५
|
|
१९ पटक हेरिएको
Shares
प्रहरी हिरासतमा रहेका एकजनाको मृत्यु

सारांश

  • पोखरा ।
  • पोखरामा प्रहरी हिरासतमा रहेका एकजना भारतीय कैदीको निधन भएको छ ।
  • उनी लागूऔषध मुद्दामा पक्राउ परेपछि प्रहरी हिरासतमा थिए ।

पोखरा । पोखरामा प्रहरी हिरासतमा रहेका एकजना भारतीय कैदीको निधन भएको छ । उनी लागूऔषध मुद्दामा पक्राउ परेपछि प्रहरी हिरासतमा थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका भारतको मोतिहारी घर भई हाल पोखरा चिप्लेढुङ्गा बस्दै आएका ३५ वर्षीय सन्दिप साहको मृत्यु भएको हो ।

कास्की प्रहरीका अनुसार उनले बान्ता गरेका थिए । लागुऔषधसम्बन्धी मुद्दामा म्याद थप गरी बन्दीका रुपमा रहेका उनलाई बिहान बान्ता गरेपछि अस्पताल भर्ना गरिएको नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिएका छन् । अस्पतालमा उपचारका क्रममा साहको मृत्यु भएको प्रहरीको दाबी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?