बलिउड अभिनेत्री एश्वर्या राय बच्चन र उनकी छोरी आराध्या कोरोना पोजेटिभ

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २८, २०७७
|
|
२३ पटक हेरिएको
Shares
बलिउड अभिनेत्री एश्वर्या राय बच्चन र उनकी छोरी आराध्या कोरोना पोजेटिभ

सारांश

  • एजेन्सी, २८ असार ।
  • बलिउडका महानायक अमिताब बच्चन र उनका छोरा अभिषेकमा कोरोना पुष्टि भएसंगै एश्वर्या र उनकी छोरीमा समेत कोरोना पोजेटिभ देखिएको भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाले लेखेको छ ।
  • त्यसैगरी जया बच्चन भने कोरोना नेगेटिभ पुष्टि भएकी छिन् ।

एजेन्सी, २८ असार । बलिउडका महानायक अमिताब बच्चन र उनका छोरा अभिषेकमा कोरोना पुष्टि भएसंगै एश्वर्या र उनकी छोरीमा समेत कोरोना पोजेटिभ देखिएको भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाले लेखेको छ । त्यसैगरी जया बच्चन भने कोरोना नेगेटिभ पुष्टि भएकी छिन् । यस बारेमा थप विवरण आउने बाकी रहेको सञ्चार माध्यमले उल्लेख गरेको छ ।

बच्चन परिवार बस्ने क्षेत्र र घरलाई स्यानीटाइज गरिएको छ । एश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चन समेत पोजेटिभ भएको भारतीय स्वास्थ्य मन्त्री राजेश टोपेले पुष्टि गरेका हुन। शनिबार साँझ अमिताब बच्चनलाई संक्रमण देखिएको उनले आफ्नो ट्वीटरमार्फत जानकारी दिएका थिए । केही समयपश्चात अभिषेकले समेत पोजेटिभ देखिएको ट्वीटरमार्फत सार्वजनिक गरेका थिए । उनीहरु उपचारका लागी अस्पताल भर्ना भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?