विदेशमा थप १६ नेपालीको कोरोनाबाट मृत्यू

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ४, २०७७
|
|
२१ पटक हेरिएको
Shares
विदेशमा थप १६ नेपालीको कोरोनाबाट मृत्यू

सारांश

  • विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणका कारण विदेशमा यस साता थप १६ नेपालीको निधन भएको छ ।
  • गैरआवासीय नेपाली सङ्घ, स्वास्थ्य समितिका अनुसार यस साता कतारमा आठ, युएईमा पाँच र कुवेतमा तीन जनाको निधन भएको हो ।
  • कतारमा निधन भएका आठमध्ये दुई जनाको निधन हुनुअघि कोरोना सङ्क्रमण पुष्टि भएको र बाँकी छ जनाको निधनपछि कोरोना पोजेटिभ देखिएको समितिले जनाएको छ ।

विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणका कारण विदेशमा यस साता थप १६ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ, स्वास्थ्य समितिका अनुसार यस साता कतारमा आठ, युएईमा पाँच र कुवेतमा तीन जनाको निधन भएको हो ।

कतारमा निधन भएका आठमध्ये दुई जनाको निधन हुनुअघि कोरोना सङ्क्रमण पुष्टि भएको र बाँकी छ जनाको निधनपछि कोरोना पोजेटिभ देखिएको समितिले जनाएको छ । शनिबार साँझसम्म १४ देशमा १६० नेपालीको कोरोना सङ्क्रमणका कारण निधन भएको समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिए ।

सङ्घका अनुसार जम्मा कोराना सङ्क्रमित नेपालीमध्ये ९३ प्रतिशत कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट सङ्क्रमित नेपालीमध्ये सबै मुक्त भएका छन् । साथै मध्यपूर्वका केही देशमा रहेका नेपालीमा भने अझै कोरोना भाइरसको सङ्क्रमण नरोकिएको सङ्घले आज विज्ञप्तिमार्फत जनाएको छ ।

हालसम्म विभिन्न देशमा कूल ३० हजार ५७१ सङ्क्रमित नेपालीमध्ये २८ हजार ६८१ जना सङ्क्रमणमुक्त भएको सङ्घको तथ्याङ्क छ । यसैगरी भारत, साउदी अरेबिया, युएई र कुवेतमा मात्र यस साता ९५० नेपालीमा कोरोना सङ्क्रमण देखिएको समितिले जनाएको छ । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अख्तियार घेर्न पुगेका साझा पार्टीका दर्जनौं नेतारकार्यकर्ता पक्राउ
अख्तियार घेर्न पुगेका साझा पार्टीका दर्जनौं नेतारकार्यकर्ता पक्राउ
हुलाकी राजमार्ग सडकको कालोपत्र गर्न शुरु
हुलाकी राजमार्ग सडकको कालोपत्र गर्न शुरु
चुनाबको दिन कतै देखिएनन् काङ्रेस सभापति देउवा
चुनाबको दिन कतै देखिएनन् काङ्रेस सभापति देउवा
चुनावी गोल गर्न सफल प्रधानमन्त्री देउवालाई बधाई, ओली र प्रचण्ड पनि सफलताका हिस्सेदार
चुनावी गोल गर्न सफल प्रधानमन्त्री देउवालाई बधाई, ओली र प्रचण्ड पनि सफलताका हिस्सेदार
संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम (पूर्णपाठ सहित)
संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम (पूर्णपाठ सहित)
१३ वर्षिय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ
१३ वर्षिय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ
नेपाली ‘मारुनी’संगै साउथ इण्डियन चलचित्र ‘साहो’ प्रदर्शनमा
नेपाली ‘मारुनी’संगै साउथ इण्डियन चलचित्र ‘साहो’ प्रदर्शनमा
२७ गैंडा मार्ने कैदी यसो भन्छन : कैद भुक्तानपछि समाज सेवा गर्न चाहन्छु !
२७ गैंडा मार्ने कैदी यसो भन्छन : कैद भुक्तानपछि समाज सेवा गर्न चाहन्छु !
बेन्जेमाले ह्याट्रिक गर्दा पीएसजी बाहिरियो
बेन्जेमाले ह्याट्रिक गर्दा पीएसजी बाहिरियो
Ex-Bigg Boss contestant Rohan Mehra blasts airline for abusing his female co-passenger!
Ex-Bigg Boss contestant Rohan Mehra blasts airline for abusing his female co-passenger!

तपाईंले छुटाउनुभयो कि?