बेन्जेमाले ह्याट्रिक गर्दा पीएसजी बाहिरियो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २६, २०७८
|
|
४९ पटक हेरिएको
Shares
बेन्जेमाले ह्याट्रिक गर्दा पीएसजी बाहिरियो

सारांश

  • काठमाडौं।
  • फ्रेन्च फरवार्ड करिम बेन्जेमाको ह्याट्रिक प्रेरित रियल म्याड्रिडले यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई ३-१ अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रबेश गरेको छ।
  • बुधबार राति घरेलु मैदान सान्तियागो बार्नाबेउमा पुनरागमन जित सहित स्पेनिस लिग लिडर रियल समग्रमा ३-२ अन्तरले जित निकाल्न सफल भयो ।

काठमाडौं। फ्रेन्च फरवार्ड करिम बेन्जेमाको ह्याट्रिक प्रेरित रियल म्याड्रिडले यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई ३-१ अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रबेश गरेको छ।
बुधबार राति घरेलु मैदान सान्तियागो बार्नाबेउमा पुनरागमन जित सहित स्पेनिस लिग लिडर रियल समग्रमा ३-२ अन्तरले जित निकाल्न सफल भयो । रियलको जितमा कप्तान बेन्जेमाले दोस्रो हाफमा १७ मिनेटको अन्तरालमा ह्याटि्रक पूरा गरे।
खेलको ३९ औं मिनेटमा किलीयन एमबाप्पेले गोल गर्दै पाहुना टोली पीएसजीलाई अग्रता दिलाएका थिए। पहिलो लेगमा १-० को अग्रता लिएको पीएसजी यस गोलसंगै सहज जित तर्फ अग्रसर भएको थियो।
तर ६१ औं मिनेटमा बेन्जेमाले पीएसजीका गोलरक्षक जियानलुइजी डोनारुम्माले गरेको गम्भीर गल्तिको फाइदा उठाउदै बराबर गोल गरे। उनले भिनिसियस जुनिअरको पास सदुपयोग गरे।
७६ औं मिनेटमा बेन्जेमाले दोस्रो गोल गरे। जहाँ पीएसजीका कप्तान मार्किन्होस गल्ती गर्न पुगेका थिए। गोलको सेलेब्रेसन पूरा नहुदै अर्को मिनेटमै पुनः बेन्जेमाले ह्याटि्रक पूरा गरे।
रियलको जितसंगै ट्रान्सफर मार्केटमा च्याम्पियन्स लिग जित्न ठूलो लगानी गरेको पीएसजी प्रतियोगिताको प्रि-क्वाटरफाइनलबाटै बाहिरिएको छ । उसले यस सिजन मात्रै टोलीमा लियोनल मेस्सी, सर्जियो रामोस लगायत खेलाडी भित्राएको थियो।
आजनै भएको अर्को खेलमा म्यानचेस्टर सिटी र स्पोर्टिङ लिस्बनको खेल गोलरहित बराबरीमा सकिएपनी पहिलो लेगमा निकालेको ५-० अन्तरको जितका साथ सिटी क्वाटरफाइनलमा प्रवेश गरेको छ।[image: 1645325279-f8b26.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

’सिकार र पोथीको खोजी’मा १३ हजार किलोमिटर भौँतारियो एउटा बाघ
’सिकार र पोथीको खोजी’मा १३ हजार किलोमिटर भौँतारियो एउटा बाघ
आइजिपीमा सर्वेन्द्रलाई नियुक्त गरेलगत्तै सहब्याची रमेश खरेलद्वारा राजीनामाको घोषणा
आइजिपीमा सर्वेन्द्रलाई नियुक्त गरेलगत्तै सहब्याची रमेश खरेलद्वारा राजीनामाको घोषणा
२८ वर्षमा २४ प्रधानमन्त्री : कुन सरकार कसरी ढले ?
२८ वर्षमा २४ प्रधानमन्त्री : कुन सरकार कसरी ढले ?
अल-कायदा संस्थापक ओसामा बिन लादेनका छोराको ‘मृत्यु’
अल-कायदा संस्थापक ओसामा बिन लादेनका छोराको ‘मृत्यु’
Mostbet Uzbekistan Официальный сайт спортивных ставок и онлайн-казино UZ 202
इंल्याण्डका कप्तान एलेस्टर कुकले लिए क्रिकेटबाट  सन्यास !
इंल्याण्डका कप्तान एलेस्टर कुकले लिए क्रिकेटबाट सन्यास !
बाबुरामको खुलासाः प्रचण्ड अध्यक्ष पक्का ! दिए बधार्इ !
Checkout the beautiful wedding pictures of Rubina Dilaik and Abhinav Shukla is here!
Checkout the beautiful wedding pictures of Rubina Dilaik and Abhinav Shukla is here!
ऐतिहासिक मतान्तरसहित काठमाडौँ-९ मा विजयी डीपी अर्यालको गर्जन: भ्रष्टाचार विरुद्धको लडाइँ अब सुरु भयो
ऐतिहासिक मतान्तरसहित काठमाडौँ-९ मा विजयी डीपी अर्यालको गर्जन: भ्रष्टाचार विरुद्धको लडाइँ अब सुरु भयो
पहिरोले घर बगाउँदा तीन बेपत्ता
पहिरोले घर बगाउँदा तीन बेपत्ता