आगलागीमा परी १ जनाको मृत्यु तथा विभिन्न धनमाल जलेर नष्ट

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ८, २०८०
|
|
३९ पटक हेरिएको
Shares
आगलागीमा परी १ जनाको मृत्यु तथा विभिन्न धनमाल जलेर नष्ट

सारांश

  • काठमाडौं ।
  • पाल्पा, निस्दी गाउँपालिका–३ क्यामरुङ् बस्ने श्याम बहादुर पल्लीको घरमा शनिबार दिउँसो आगलागी हुँदा ९ महिनाकी दिप्साना पल्लीको जलेर मृत्यु भएको छ ।
  • साथै उक्त आगो फैलिएर सोही घरसँग जोडिएको गोठमा समेत आगलागी हुँदा करिब ७ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

काठमाडौं । पाल्पा, निस्दी गाउँपालिका–३ क्यामरुङ् बस्ने श्याम बहादुर पल्लीको घरमा शनिबार दिउँसो आगलागी हुँदा ९ महिनाकी दिप्साना पल्लीको जलेर मृत्यु भएको छ । साथै उक्त आगो फैलिएर सोही घरसँग जोडिएको गोठमा समेत आगलागी हुँदा करिब ७ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

झापा, भद्रपुर नगरपालिका–८ बस्ने चुडामणी उप्रेतीको घरको माथिल्लो तलामा पानीको ट्याङ्की राख्न फलामको रड वेल्डीङ गर्ने क्रममा एसवाई प्यानलको फर्ममा शनिबार दिउँसो आगलागी हुँदा एसवाई प्यानलबाट बनेको २ वटा कोठा र फर्म जलेर करिब १४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी झापा, दमक नगरपालिका–३ स्थित बेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर ऋद्ध बस्ने भिम बहादुर घिमिरेको घरमा विद्युत सर्ट भई आइतबार बिहान आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

खोटाङ, दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मा बस्ने ५६ वर्षीय राम बहादुर सार्कीको घरमा विद्युत सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय वासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दोस्रो चरणको चुनाव असार ९ गते हुने
दोस्रो चरणको चुनाव असार ९ गते हुने
गैरकानुनी क्रियाकलाप रोक्न प्रहरी सक्षम हुनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
गैरकानुनी क्रियाकलाप रोक्न प्रहरी सक्षम हुनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
बक्यौता नउठाई उद्योगमा लाइन जोड्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
बक्यौता नउठाई उद्योगमा लाइन जोड्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
साना दल देउवासँग असन्तुष्ट
साना दल देउवासँग असन्तुष्ट
२३ बुँदे घोषणापत्र जारी गर्दै उद्योग वाणिज्य संघहरुको राष्ट्रिय भेला सम्पन्न, स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्नु पर्नेमा जोड
२३ बुँदे घोषणापत्र जारी गर्दै उद्योग वाणिज्य संघहरुको राष्ट्रिय भेला सम्पन्न, स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्नु पर्नेमा जोड
जो मन्त्री आएपनि यामकुमारीबाट धुरुक्कै
जो मन्त्री आएपनि यामकुमारीबाट धुरुक्कै
फिफा विश्व फुटबलको मुख्य विवादित घटनाहरु
फिफा विश्व फुटबलको मुख्य विवादित घटनाहरु
मल हाल्न नपाउँदा धानमा देखिन थाल्यो गबारो
मल हाल्न नपाउँदा धानमा देखिन थाल्यो गबारो
कोरोनाभाइरसको संक्रमणबाट जोगिन भन्दै मिसावटयुक्त रक्सी पिउँदा ३६ जनाको मृत्यु
कोरोनाभाइरसको संक्रमणबाट जोगिन भन्दै मिसावटयुक्त रक्सी पिउँदा ३६ जनाको मृत्यु
सात संगठनले गरेकाे बन्द निजी बिद्यालयहरू द्वारा अवज्ञा
सात संगठनले गरेकाे बन्द निजी बिद्यालयहरू द्वारा अवज्ञा