१३ वर्षिय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २६, २०७६
|
|
३९ पटक हेरिएको
Shares
१३ वर्षिय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ

सारांश

  • गाईघाट २६,जेठ।
  • १३ वर्षिय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा उदयपुरमा एक युवा पक्राउ परेका छन् ।
  • उदयपुरको चौदण्डीगढी नगरपालिका ४ शनिबारे बस्ने ३६ वर्षिय देव कुमार राई लाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरी ले पक्राउ गरेको छ ।

गाईघाट २६,जेठ। १३ वर्षिय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा उदयपुरमा एक युवा पक्राउ परेका छन् । उदयपुरको चौदण्डीगढी नगरपालिका ४ शनिबारे बस्ने ३६ वर्षिय देव कुमार राई लाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरी ले पक्राउ गरेको छ ।

राईले खोटाङ जिल्ला  खोटेहाङ गाउँपालिका दिप्लुङ घर भई हाल चौदण्डीगढी नगरपालिका ४ शनिबारेमा दिदी भिनाजुको बस्दै आएकी १३ वर्षिय बालिकालाई  ललाई फकाई आफ्नो घरमा लगि जबरजस्ती करणी गरेको आरोपमा राई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीर बहादुर बुढा मगरले जानकारी दिए ।

राई जबरजस्ती करणी गरेर बसमा चढेर भाग्दै गरेको अवस्थामा सिरहाको मिर्चैया बाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय उदयपुरबाट जबरजस्ती करणी मुद्धा दर्ता गरेको प्रहरीले जानकारी गराएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?