भोलीदेखि सार्वजनिक सवारी चल्ने

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ७, २०७७
|
|
२० पटक हेरिएको
Shares
भोलीदेखि सार्वजनिक सवारी चल्ने

सारांश

  • साउन ८ गतेदेखि सबै सार्वजनिक यातायात सञ्चालन हुने भएका छन् ।
  • नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र तीनवटा ट्रेड युनियन नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले मङ्गलबार संयुक्त पत्रकार सम्मेलन गरी आफ्ना मातहतका व्यवसायीले सेवा सञ्चालन गर्ने घोषणा गरेका छन् ।
  • सरकारले असार २६ गतेदेखि छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन खुला गरे पनि ठूला व्यवसायी संगठनले भने विभिन्न माग राखी सेवा सञ्चालन गरेका थिएनन् ।

साउन ८ गतेदेखि सबै सार्वजनिक यातायात सञ्चालन हुने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र तीनवटा ट्रेड युनियन नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले मङ्गलबार संयुक्त पत्रकार सम्मेलन गरी आफ्ना मातहतका व्यवसायीले सेवा सञ्चालन गर्ने घोषणा गरेका छन् ।

सरकारले असार २६ गतेदेखि छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन खुला गरे पनि ठूला व्यवसायी संगठनले भने विभिन्न माग राखी सेवा सञ्चालन गरेका थिएनन् । तर मौद्रिक नीतिले माग सम्बोधन गरेपछि र सोमबार यातायात व्यवस्था विभागसँग वार्ता गरी थप सहमति भएपछि ८ गतेदेखि सेवा सञ्चालन गर्ने भएका हुन् ।

मौद्रिक नीतिले यातायात व्यवसायीले उठाउँदै आएका मागमध्ये बैंक किस्ताको पुनर्तालिका र पुनर्कर्जा सम्बोधन गरेको महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्मचार्याले पत्रकार सम्मेलनमा बताएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?